लालबन्दीमा ७४३ किलो गाँजासहित दुई जना पक्राउ

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, भाद्र ४, २०८३
21 Views
समाचार सारांश
  • सर्लाही ।
  • सर्लाहीको लालबन्दी नगरपालिका–१४ डाईनी टोलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१४ डाईनी टोलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार घरमा छापा मारेको थियो।

प्रहरीले घरमा लुकाइछिपाइ राखिएको ड्रम तथा बोराबाट अन्दाजी ७४३.९८० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ।

गाँजासहित लालबन्दी नगरपालिका–१४ डाईनी टोल बस्ने ६७ वर्षीय नरबहादुर थिङ र सोही स्थानकी ५२ वर्षीया जेसुनमाया थिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, बरामद गरिएको गाँजा नियन्त्रणमा लिएपछि प्रहरी टोलीले आसपासको क्षेत्रमा गस्ती गर्ने क्रममा मकैबारी पछाडि करिब २ कट्ठा सार्वजनिक जग्गामा गाँजाको खेती गरिएको फेला पारेको थियो। उक्त स्थानमा लगाइएको गाँजाका बेर्नासमेत प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही प्रहरीलाई पाँच नयाँ सवारी साधन प्राप्त, शान्ति सुरक्षामा थप सहज हुने
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
जमिनमुनी गाडिएको मोटरसाइकल फेला, महोत्तरीमा रहस्यमय घटना
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
World Educare Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न, विजेताहरू घोषणा
पर्साका प्रदेश सांसद रहबर अन्सारीद्वारा माओवादी परित्याग
चन्द्रनगरमा करेन्ट लागेर ३८ वर्षीय पुरुषको मृत्यु
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
हिन्दू बहुमतको देशमा हिन्दू नै असुरक्षित भन्दै अभियन्ता वेद प्रकाश झा
अदालतको मौनता र राजनीतिक अन्योल : निर्वाचन कि संसद् पुनःस्थापना ?