मलङ्गवा (सर्लाही), साउन १५। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलङ्गवाको टोलीले ३०० लिटर अवैध घरेलु मदिरासहित एक सवारी साधन नियन्त्रणमा लिएको छ।

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, श्रावण १४, २०८३
1 Views
समाचार सारांश
  • मलङ्गवा नगरपालिका–१२ गम्हरिया अन्तर्गत नवलपुर–मलङ्गवा सडक खण्डमा खटिएको प्रहरी पिकेट टोलीले शंकास्पद अवस्थामा गुडिरहेको यात्रुवाहक म्याजिक गाडीलाई जाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो।
  • प्रहरीका अनुसार नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको सवारी साधनमा प्लास्टिकका बाल्टी तथा ड्रममा लुकाइछिपाई ल्याउँदै गरिएको ३०० लिटर अवैध लोकल घरेलु मदिरा फेला परेको थियो।

मलङ्गवा नगरपालिका–१२ गम्हरिया अन्तर्गत नवलपुर–मलङ्गवा सडक खण्डमा खटिएको प्रहरी पिकेट टोलीले शंकास्पद अवस्थामा गुडिरहेको यात्रुवाहक म्याजिक गाडीलाई जाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो।

प्रहरीका अनुसार नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको सवारी साधनमा प्लास्टिकका बाल्टी तथा ड्रममा लुकाइछिपाई ल्याउँदै गरिएको ३०० लिटर अवैध लोकल घरेलु मदिरा फेला परेको थियो। बरामद मदिराको अनुमानित बजार मूल्य करिब रु. ७५ हजार रहेको जनाएको छ।

बरामद मदिरा तथा सवारी साधनलाई नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको रोहवरमा मुचुल्का तयार गरी कानुनी प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको ३०० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार, चोरी–पैठारी तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि सुरक्षा जाँच तथा निगरानीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धबाबा सुरुङमार्गको मन्त्री लम्सालद्वारा स्थलगत अनुगमन
पूर्व सहमति अनुसार चिनी उद्योगले जलेको उखु नकिनेपछि सिडिओसहितको अनुगमन सर्लाही/मधेश प्रदेश
पूर्व सहमति अनुसार चिनी उद्योगले जलेको उखु नकिनेपछि सिडिओसहितको अनुगमन सर्लाही/मधेश प्रदेश
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
जेन–जीका आवाजलाई राष्ट्रिय बहसमा ल्याउन गगन थापाको आग्रह
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
राजनीतिक गतिविधि बढेपछि मधेसमा हाई अलर्ट, प्रहरीको कडा निगरानी
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
जेनजी आन्दोलनपछि बालेन सरकार: उच्च अपेक्षाबीच सुधारको कठिन परीक्षा
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?