मलंगवामा ट्र्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु
- सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि ट्र्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु भएको छ।
- प्रहरीका अनुसार २०८३ साल भदौ ५ गते बिहान करिब १० बजे नगरपालिकाचोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी गोडैता नगरपालिका–५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी २३ वर्षीया छोरी गुरिया कुमारीलाई ठक्कर दिएको थियो।

सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि ट्र्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार २०८३ साल भदौ ५ गते बिहान करिब १० बजे नगरपालिकाचोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी गोडैता नगरपालिका–५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी २३ वर्षीया छोरी गुरिया कुमारीलाई ठक्कर दिएको थियो।
ठक्करबाट टाउकोमा गम्भीर चोट लागेपछि प्रहरी चौकी गोरखकालीबाट प्र.व.ना.नि. यज्ञनन्दन साहको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उनलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो। तर चिकित्सकले बिहान १०:२२ बजे जाँच गर्दा गुरिया कुमारीलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्र्याक्टर र चालक गोडैता नगरपालिका–११ निवासी श्री साहका करिब १७ वर्षीय छोरा अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकसँग सवारीसम्बन्धी आवश्यक कागजातसमेत नरहेको प्रहरीले जनाएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ