सर्लाही–४ : रामचरित्र सहनी र निषाद समुदायको ‘आँखा’ छापद्वारा अग्निपरीक्षा

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, माघ १९, २०८२
871 Views
समाचार सारांश
  • सर्लाही ।
  • सर्लाही क्षेत्र नं–४ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट रामचरित्र सहनी उम्मेदवार बनेसँगै यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर निषाद समुदायको पहिचान, प्रतिनिधित्व र आत्मसम्मानको अग्निपरीक्षाका रूपमा परिणत भएको छ।

सर्लाही । सर्लाही क्षेत्र नं–४ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट रामचरित्र सहनी उम्मेदवार बनेसँगै यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर निषाद समुदायको पहिचान, प्रतिनिधित्व र आत्मसम्मानको अग्निपरीक्षाका रूपमा परिणत भएको छ। ‘आँखा’ छापसहितको उम्मेदवारीले सर्लाही–४ को चुनावी राजनीतिमा नयाँ बहस र तरंग सिर्जना गरेको छ।

 

२०२१ साल कात्तिक २५ गते जन्मिएका रामचरित्र सहनी अवकाश प्राप्त पूर्व प्रधानाध्यापक हुन्। शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका सहनी अनुशासित जीवनशैली, स्वच्छ छवि र सामाजिक पहुँचका कारण स्थानीयस्तरमा सम्मानित व्यक्तित्वका रूपमा परिचित छन्।

 

१८ वर्षदेखि प्रतिनिधित्वविहीन निषाद समुदाय

सर्लाही–४ मा करिब ३७ हजार जनसंख्या रहेको निषाद समुदाय (मल्लाह/सहनी/मुखिया/बिन/भगत/केवल/कापर/नुनिया–महतो) विगत १८ वर्षदेखि प्रत्यक्ष वा समानुपातिक कुनै पनि तहमा प्रतिनिधित्वबाट पूर्ण रूपमा वञ्चित रहँदै आएको स्थानीय अगुवाहरू बताउँछन्। निर्णायक मतदाता हुँदाहुँदै पनि नेतृत्वबाट बाहिर रहनु निषाद समुदायका लागि दीर्घकालीन राजनीतिक पीडाको विषय बनेको छ।

 

निर्णायक मतदाता, तर नेतृत्व बाहिर

निषाद समुदायले सर्लाही–४ का हरेक निर्वाचनमा निर्णायक भूमिका खेलेको तथ्य निर्विवाद छ। विगतमा यस क्षेत्रबाट निर्वाचित भएका सांसदहरूको विजयमा निषाद समुदायको मत निर्णायक रह्यो। तर समुदाय स्वयं नेतृत्वमा पुग्न नसक्नु समावेशी लोकतन्त्रको अभ्यासमाथि गम्भीर प्रश्नको रूपमा उभिएको छ।

 

देशव्यापी प्रतिनिधित्व शून्य

हाल देशभर करिब १४ देखि १८ लाख जनसंख्या रहेको निषाद समुदायको संघीय संसदमा प्रत्यक्ष वा समानुपातिक प्रतिनिधित्व शून्य अवस्थामा छ। ३७५ सदस्यीय संघीय संसदमा सर्लाही–४ बाहेक निषाद समुदाय संसदमा पुग्ने स्पष्ट र व्यवहारिक बाटो नरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

 

विगतको अनुभव र राजनीतिक चेतना

विगत निर्वाचनमा अमरेश कुमार सिंहले निषाद समुदायको एकीकृत समर्थन प्रयोग गर्दै ‘माछा’ छापबाट विजय हासिल गरेको तथ्य अझै स्मरणीय छ। तर त्यसपछि पनि समुदाय स्वयं प्रतिनिधित्वबाट बाहिर रहनुले राजनीतिक चेतनाको पुनर्मूल्यांकन आवश्यक रहेको स्थानीयहरूको धारणा छ।

 

एमालेबाट सिफारिस, टिकटमा राजनीति

रामचरित्र सहनी विगतमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट पहिलो सिफारिसमा परे पनि आन्तरिक राजनीतिक चलखेलका कारण टिकट नपाएको बताइन्छ। त्यसपछि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिनु उनको राजनीतिक दृढता र आत्मसम्मानको प्रतीकका रूपमा हेरिएको छ।

 

‘आँखा’ छाप : चुनाव चिन्ह होइन, चेतनाको संकेत

सहनीको चुनाव चिन्ह ‘आँखा’ छापलाई स्थानीय मतदाताले केवल चुनावी चिन्ह मात्र नभई निषाद समुदायको चेतना, जागरण र राजनीतिक दृष्टिको प्रतीकका रूपमा व्याख्या गर्न थालेका छन्। “अब आफ्नो मतको सही मूल्यांकन गर्ने समय आएको छ” भन्ने सन्देश गाउँ–बस्तीमा फैलिँदै गएको देखिन्छ।

 

ऐतिहासिक अवसरको घडी

स्थानीय स्तरमा रामचरित्र सहनीको उम्मेदवारीलाई “निषाद समुदायको १८ वर्ष लामो प्रतिनिधित्वविहीनताको अन्त्य गर्ने ऐतिहासिक अवसर” का रूपमा हेरिँदै व्यापक चर्चा सुरु भएको छ। सहनीलाई निषाद समुदाय मात्र होइन, अन्य पिछडिएका, श्रमजीवी र परिवर्तन चाहने मतदाताको समेत समर्थन बढ्दै गएको संकेत देखिन थालेको छ।

 

सर्लाही–४ को आगामी निर्वाचन केवल एक उम्मेदवारको जित–हारमा सीमित छैन। यो निषाद समुदाय आफ्नो निर्णायक मतलाई नेतृत्वमा रूपान्तरण गर्न सक्छ कि सक्दैन भन्ने निर्णायक घडी हो।

 

अब प्रश्न स्पष्ट छ—

नेतृत्व बाहिरै बसिरहने कि, ‘आँखा’ छापमार्फत इतिहास रच्ने ?

 

सर्लाही–४ आज राजनीति मात्र होइन, न्याय, समावेशिता र लोकतान्त्रिक विश्वासको परीक्षा दिइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
ओलीको रिहाइ माग्दै एमालेको चेतावनी— ‘कानुन, सडक र सदनबाट प्रतिवाद गर्छौं’
राजनीतिक गतिविधि बढेपछि मधेसमा हाई अलर्ट, प्रहरीको कडा निगरानी
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
सफलताको कथा — सुरक्षित मातृत्व कार्यक्रम प्रदेश अस्पताल मलंगवा, मधेश प्रदेश
सफलताको कथा — सुरक्षित मातृत्व कार्यक्रम प्रदेश अस्पताल मलंगवा, मधेश प्रदेश
मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
‎सर्लाहीमा योजना ‘चिठी’ बिक्रीको आरोप: पूर्वाधार विकास कार्यालय
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला