सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार
- सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार सर्लाही ।
- सर्लाहीको कौडेना गाउँपालिका–३ लक्ष्मीपुरस्थित एक घरबाट प्रहरीले करिब ३०० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ।
सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–३ लक्ष्मीपुरस्थित एक घरबाट प्रहरीले करिब ३०० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार २०८३ साल भदौ २ गते राति करिब १०ः२५ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक जीवन श्रेष्ठको कमाण्डमा २५ जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले कौडेना–३ लक्ष्मीपुरस्थित बासघारीमा बस्ने बिजयन पटेलको टालीको छानो र बाँसको बेरा भएको घरको पश्चिम मोहडामा रहेको भुस राख्ने घरको उत्तरपट्टिको कोठा तलासी गर्दा सेतो बोरामा लुकाइछिपाई राखिएको १५ बोरा गाँजा फेला पारेको जनाएको छ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई राखिएको प्रहरीले जनाएको छ। गाँजा कसको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको र घरधनी बिजयन पटेल भने फरार रहेको प्रहरीको टिपोटमा उल्लेख छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान तथा फरार व्यक्तिको खोजी कार्य जारी राखेको जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ