सर्लाहीमा १२ किलो ८२८ ग्राम गाँजासहित तीन जना पक्राउ

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, श्रावण २६, २०८३
122 Views
समाचार सारांश
  • तीन जना मलंगवा, सर्लाही ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

तीन जना
मलंगवा, सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।तीन जना
मिति २०८३ साल साउन २६ गते इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त गस्ती टोलीले लालबन्दी नगरपालिका–१२ जियाजोरस्थित सार्वजनिक सडकमा शंकास्पद रूपमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ निवासी ४८ वर्षीय सानु न्यौपाने दमाई, उनकी ३५ वर्षीया श्रीमती सविना परिवार तथा लालबन्दी नगरपालिका–१४ निवासी ४६ वर्षीया ज्ञानमाया रहेका छन्।
उनीहरूको साथमा रहेको जेब्रा झोलाभित्र लुकाइछिपाइ ल्याउँदै गरेको ३ वटा पोकाबाट १२ किलो ८२८ ग्राम लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई लागूऔषध मुद्दामा ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
बदलिँदो राजनीतिक धरातलमा नयाँ ध्रुवीकरण
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
गणतन्त्र दिवसको समारोहमा पूर्वप्रधानमन्त्रीहरुको शून्य उपस्थिति, बोलाइएन कि गएनन् ?
इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जली यात्रा कहिले हुँदैछ ?
अदालतको मौनता र राजनीतिक अन्योल : निर्वाचन कि संसद् पुनःस्थापना ?
गोडैतामा १० लाखको पैनी सरसफाइमा गम्भीर प्रश्न: ९ महिनामै उस्तै अवस्था, जिम्मेवार को?
चितवनकी पत्रकार संगिता बानियाँको निधन
चितवनकी पत्रकार संगिता बानियाँको निधन
सर्लाही–४ : रामचरित्र सहनी र निषाद समुदायको ‘आँखा’ छापद्वारा अग्निपरीक्षा
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक