चन्द्रनगरमा करेन्ट लागेर ३८ वर्षीय पुरुषको मृत्यु
- चन्द्रनगरमा करेन्ट लागेर ३८ वर्षीय पुरुषको मृत्यु सर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा आफ्नै नयाँ घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
- मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–५ मोहनपुर निवासी रहुव मन्सुरका छोरा अन्दाजी ३८ वर्षीय ईद महमद मन्सुर रहेका छन्।
चन्द्रनगरमा करेन्ट लागेर ३८ वर्षीय पुरुषको मृत्यु 
सर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा आफ्नै नयाँ घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–५ मोहनपुर निवासी रहुव मन्सुरका छोरा अन्दाजी ३८ वर्षीय ईद महमद मन्सुर रहेका छन्।
प्रहरीका अनुसार मिति २०८३ साल साउन २६ गते साँझ करिब ५:३० बजे आफ्नै नयाँ घरमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा साँझ ६:२५ बजे उनको मृत्यु भएको हो।
मृतकको शव हाल प्रादेशिक अस्पताल मलंगवामै रहेको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी मोहनपुर, सर्लाहीबाट प्रहरी सहायक निरीक्षक राकेश प्रसाद चन्द्रवंशीको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक मुचुल्का लगायतका प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ