कोशी प्रदेशमा ‘उदय परियोजना’ सुरु, युवालाई उद्यमशीलतामा प्रोत्साहन

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, चैत्र १८, २०८२
32 Views
समाचार सारांश
  • विराटनगर, १८ चैत – कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालन गर्ने भएको छ।
  • मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्ध प्रतिमा सहितको पार्क उद्घाटन गर्दै नवप्रवर्तन कार्यक्रमअन्तर्गत उक्त परियोजना अघि बढाइने जानकारी दिएका छन्।

विराटनगर, १८ चैत

– कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालन गर्ने भएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्ध प्रतिमा सहितको पार्क उद्घाटन गर्दै नवप्रवर्तन कार्यक्रमअन्तर्गत उक्त परियोजना अघि बढाइने जानकारी दिएका छन्।

मुख्यमन्त्री कार्कीका अनुसार, परियोजनाको औपचारिक शुभारम्भ बिहीबार सुनसरीको इटहरीमा हुने कार्यक्रममार्फत गरिनेछ। यस अन्तर्गत साना तथा मझौला उद्योग सञ्चालन गर्न इच्छुक युवालाई ३० लाखदेखि ३ करोड रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइनेछ। हिमाली र पहाडी जिल्लाका युवालाई १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध हुने व्यवस्था गरिएको छ। यसका लागि ३०–४० प्रतिशत धितोमा ऋण प्रवाह गरिने छ।

प्रदेश सरकारले गत वर्षदेखि ब्याज अनुदान कार्यक्रम मार्फत हाल १५० भन्दा बढी परियोजना सञ्चालनमा राखेको छ। कृषि मन्त्रालयमार्फत ६ करोड रुपैयाँ विनियोजन गरिएको यस कार्यक्रममा प्रदेश सरकारले कुल लगानीको ६ प्रतिशत ब्याज व्यहोर्दै आएको छ। मुख्यमन्त्री कार्कीले यस्तो पहलले पहाडी क्षेत्रका युवामा उद्यमशीलता बढाउने र बेरोजगारी समस्या समाधानमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा करिब ८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको ६५ फिट अग्लो बुद्ध प्रतिमा सहितको पार्क १७ रोपनी क्षेत्रफलमा फैलिएको छ। पार्कले नेपाल, भारत र अन्य मुलुकका पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। मुख्यमन्त्री कार्कीले आगामी दिनमा पार्कमा आवश्यक संरचना निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारले लिने र यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको सूचीमा समावेश गरिने जानकारी दिए।

सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गा कुमार बरालले पार्क सञ्चालनसँगै स्थानीय पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे। स्थानीय व्यवसायीहरूले पनि पार्क आसपास अन्य पर्यटकीय संरचना निर्माण गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नबिल बैंकको लापरवाहीले उपभोक्ता समिति मारमा: काम सकिएपनि भुक्तानी रोकिँदा अन्योल, गार्डद्वारा दुर्व्यवहारको आरोप
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
मित्रश्री विद्यालयलाई डाइनामिक कप स्केटिङ उपाधि
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
राष्ट्रियसभाको बैठक आज बस्दै, उपाध्यक्ष चयन प्रक्रिया अघि बढ्ने
‎सर्लाहीमा योजना ‘चिठी’ बिक्रीको आरोप: पूर्वाधार विकास कार्यालय
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला