पर्साका प्रदेश सांसद रहबर अन्सारीद्वारा माओवादी परित्याग

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, पौष २५, २०८२
109 Views
समाचार सारांश
  • पुस २४ ।
  • नेकपा (माओवादी केन्द्र) का नेता तथा मधेस प्रदेश सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्।

पुस २४ । नेकपा (माओवादी केन्द्र) का नेता तथा मधेस प्रदेश सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित अन्सारीले बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा अन्सारीले पार्टीले आफ्नो मूल सिद्धान्त र मूल्य गुमाइसकेको आरोप लगाएका छन्। उनले लेखेका छन्, “साहस, इमान र जोखिम—यी तीनै कुरा पार्टीले त्यागिसकेको छ। यस्तो विरोधाभासको हिस्सा बन्न म सक्दिनँ।”

पत्रमा उनले आफू पार्टी सदस्यताबाट अलग हुने निर्णय समाजवादी क्रान्तिप्रतिको प्रतिबद्धताकै आधारमा लिएको उल्लेख गर्दै “समाजवादी क्रान्ति जिन्दावाद” भन्दै विदा लिएको बताएका छन्।

अन्सारीले अध्यक्ष प्रचण्डले केही दिनअघि नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफहरू उद्धृत गर्दै आफ्नो असन्तुष्टि र वैचारिक मतभेद स्पष्ट पारेका छन्।

उनको राजीनामासँगै पर्सा जिल्लाको माओवादी राजनीतिक गतिविधिमा नयाँ तरंग पैदा भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
४३ जिल्लामा सेनामार्फत निर्वाचन सामग्री ढुवानी
सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै । तस्बिर : जनार्जन खत्री
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
सर्वोच्च अदालत जाने कांग्रेस निवर्तमान सांसदहरूको कार्यक्रम रोकियो
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
प्रयास असफल, रास्वपामा रविको स्पष्ट सन्देश
एकल अभियानअन्तर्गत गोडैता नगरपालिका–३ मा कार्यक्रम सम्पन्न
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला