मालंगवा–१० स्थित खेल मैदानको दुर्दशा, जिम्मेवार को ?

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, पौष २०, २०८२
410 Views
समाचार सारांश
  • सर्लाही जिल्लाको मालंगवा नगरपालिका–१० मा अवस्थित सार्वजनिक खेल मैदान हाल अत्यन्तै दुर्गन्धित र फोहोर अवस्थामा पुगेको छ।
  • उक्त खेल मैदानमा २ जना सरसफाइ कर्मचारी खटाइएका भए पनि मैदानको अवस्था भने दिनानुदिन बिग्रँदै गएको स्थानीयको गुनासो छ।


सर्लाही जिल्लाको मालंगवा नगरपालिका–१० मा अवस्थित सार्वजनिक खेल मैदान हाल अत्यन्तै दुर्गन्धित र फोहोर अवस्थामा पुगेको छ। उक्त खेल मैदानमा २ जना सरसफाइ कर्मचारी खटाइएका भए पनि मैदानको अवस्था भने दिनानुदिन बिग्रँदै गएको स्थानीयको गुनासो छ।
खेल मैदान वरपर जथाभावी फोहोर थुप्रिनुका साथै केही मानिसहरूले सोही स्थानलाई खुला शौचालयको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ। यसले खेलकुद गतिविधि मात्र होइन, वरपर बसोबास गर्ने स्थानीय बासिन्दाको स्वास्थ्यमा समेत     गम्भीर असर पारिरहेको छ।

स्थानीय युवाहरूका अनुसार, मैदानमा खेल खेल्न जाने वातावरण नरहेकाले बालबालिका र खेलाडीहरू निराश भएका छन्। “सरसफाइ कर्मचारी हुँदा हुँदै पनि यस्तो अवस्था हुनु दुःखद हो,” एक स्थानीयले भने।
अब प्रश्न उठेको छ— यस खेल मैदानको सरसफाइ र व्यवस्थापनको जिम्मेवारी कसको हो ?
नगरपालिका, वडा कार्यालय वा सम्बन्धित निकायले यस विषयमा चासो नदिँदा सार्वजनिक सम्पत्तिको दुरुपयोग भइरहेको स्थानीयको आरोप छ।
स्थानीयवासीहरूले मालंगवा नगरपालिका र वडा कार्यालयसँग तत्काल सरसफाइ, शौचालय व्यवस्थापन तथा नियमित अनुगमन गर्न माग गरेका छन्। समयमै ध्यान नदिइए खेल मैदान पूर्ण रूपमा प्रयोगविहीन बन्ने खतरा रहेको उनीहरूको चेतावनी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका प्रथम
न्यायका लागि न्यायालय अगाडी धर्ना
सर्लाही–४ : रामचरित्र सहनी र निषाद समुदायको ‘आँखा’ छापद्वारा अग्निपरीक्षा
उपचार अभावमा गोडैता–२ जयपुरका बसलोचन मुखियाको अवस्था गम्भीर
मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति तथा सिराहा–४ का सांसद Er Tapeshwar Yadubansi मधेश प्रदेश लगायत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १००
अभियोगमा प्रमाण नपुग्दा केपी शर्मा ओली रिहा, सरकारमाथि प्रतिशोधको आरोप
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला