सर्लाहीमा कालोबजारी गरेर मल बेच्ने तीन जना पक्राउ

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, श्रावण २०, २०८३
154 Views
समाचार सारांश
  •   अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  • २० साउन, सर्लाही ।

 

अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

२० साउन, सर्लाही । अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरबाट डीएपी मल बिक्री गरिरहेको अवस्थामा मलङ्गवा–७ का अभिनय राय र अभिनन्दन राय पक्राउ परेका छन् ।

उनीहरूले दिएको बयानका आधारमा प्रहरीले शिवसागर चोकस्थित पसलका सञ्चालक मलङ्गवा–३ का राहुल गुप्तालाई पनि पक्राउ गरेको छ ।

रायद्वयले डीएपी मल प्रतिबोरा ३ हजार ५०० रुपैयाँमा बिक्री गरिरहेको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूको पसलमा खानतलासी गर्दा ५० किलो तौलका चार बोरा डीएपी र एक बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएक

उनीहरूले उक्त मल मलङ्गवा–४ शिवसागर चोकस्थित राहुल गुप्ताको पसलबाट प्रतिबोरा ३ हजार २०० मा खरिद गरेको बयान दिएका थिए ।  त्यसपछि गुप्ता पनि पक्राउ गरेका हुन् ।

गुप्ताको पसलमा खानतलासी गर्दा सात बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीनै जनाविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्म निरपेक्षता खारेजी र हिन्दू राष्ट्र घोषणाको माग गर्दै प्रदर्शन
सिद्धबाबा सुरुङमार्गको मन्त्री लम्सालद्वारा स्थलगत अनुगमन
पूर्व सहमति अनुसार चिनी उद्योगले जलेको उखु नकिनेपछि सिडिओसहितको अनुगमन सर्लाही/मधेश प्रदेश
पूर्व सहमति अनुसार चिनी उद्योगले जलेको उखु नकिनेपछि सिडिओसहितको अनुगमन सर्लाही/मधेश प्रदेश
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
टी-२० विश्वकपमा नेपाल: रोहित पौडेल नेतृत्वमा टोलीको बिदाइ सम्पन्न
इनिशा विक हत्या प्रकरणमा न्याय माग्दै आन्दोलनको चेतावनी
लामिछानेद्वारा पार्टीभित्र एकता र देश केन्द्रित राजनीति आवश्यक ठहर
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
मलंगवामा खुलेयाम तस्करी: प्रशासन मौन, सुशासनमाथि प्रश्न
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विस्तृत छलफल भएको छ।