सर्लाहीमा २ किलो ८२० ग्राम गाँजासहित तीन जना पक्राउ
- मलंगवा, सर्लाही ।
- सर्लाही प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
मलंगवा, सर्लाही । सर्लाही प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार लालबन्दी नगरपालिका–९, नवलपुरस्थित अञ्जली हस्पिटल अगाडि डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको अटोलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो।
नवलपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अटोभित्र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा २ किलो ८२० ग्राम लागुऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–५, घुर्कौली बस्ने अटो चालक ३० वर्षीय सुशील साह, अटोमा सवार ईश्वरपुर नगरपालिका–९ बस्ने २५ वर्षीया जगतारुण साह र सोही स्थानकी २५ वर्षीया राधिका साह रहेका छन्।
प्रहरीले उनीहरूमाथि लागुऔषधसम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
स्रोतः जिल्ला प्रहरी कार्यालय, सर्लाही
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ