हिन्दू बहुमतको देशमा हिन्दू नै असुरक्षित भन्दै अभियन्ता वेद प्रकाश झा

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, पौष २८, २०८२
710 Views
समाचार सारांश
  • ८२ प्रतिशतभन्दा बढी हिन्दू जनसंख्या भएको नेपाल आज हिन्दू राष्ट्र छैन—यो तथ्य मात्रै होइन, यो ऐतिहासिक विडम्बना र राष्ट्रिय लज्जा हो।
  • अझ चिन्ताजनक कुरा के छ भने, २–३ प्रतिशत जनसंख्या भएका केही समूह खुलेआम “हिन्दू भगाऊ, देश बचाऊ” भन्ने नारा लगाइरहेका छन्, र राज्य संयन्त्र मौन दर्शक बनेको छ।

८२ प्रतिशतभन्दा बढी हिन्दू जनसंख्या भएको नेपाल आज हिन्दू राष्ट्र छैन—यो तथ्य मात्रै होइन, यो ऐतिहासिक विडम्बना र राष्ट्रिय लज्जा हो। अझ चिन्ताजनक कुरा के छ भने, २–३ प्रतिशत जनसंख्या भएका केही समूह खुलेआम “हिन्दू भगाऊ, देश बचाऊ” भन्ने नारा लगाइरहेका छन्, र राज्य संयन्त्र मौन दर्शक बनेको छ। बहुमतको देशमा बहुमतकै आस्थामाथि आक्रमण हुँदा पनि यदि राज्य चुप बस्छ भने प्रश्न उठ्छ—यो राज्य कसको हो?

नेपाल कुनै साधारण भूगोल होइन। यो सदियौंदेखि विश्वकै एकमात्र वैदिक सनातन हिन्दू राष्ट्रका रूपमा चिनिएको भूमि हो। तर आज यही पहिचान दलाल प्रवृत्ति, भारतपरस्त गैर–हिन्दू मानसिकता बोकेका नेताहरू र राष्ट्रघाती राजनीतिक सम्झौताहरूका कारण मेटिँदै लगिएको छ। धर्मनिरपेक्षताको नाममा गरिएको यो प्रयोगले न त राष्ट्रिय एकता बलियो बनायो, न त सामाजिक सद्भाव। बरु यसले देशको संस्कृति, परम्परा र मौलिक अस्तित्वमाथि सीधा प्रहार गर्‍यो।

अब प्रश्न सीधा छ—यदि यो देश हिन्दू नै नहुने हो भने, हिन्दू सभ्यता र आस्थामाथि प्रहार गर्ने सोच बोकेकाहरू यही देशमा कसरी सुरक्षित र सहज रूपमा बसिरहेका छन्? राज्यको सहिष्णुतालाई कमजोरी ठानेर राष्ट्रिय पहिचानमाथि हिलो छ्याप्ने छुट कसले दियो?

फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव सामान्य चुनाव होइन। यो निर्णायक मोड हो—या त हामी आफ्नो पहिचान जोगाउँछौं, या इतिहासकै गल्ती दोहोर्याएर भावी पुस्तालाई जरा विहीन बनाउँछौं। अब भावुक भाषण र खोक्रा प्रतिबद्धताले देश बन्दैन। हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको स्पष्ट एजेन्डा बोकेको शक्तिलाई दनादन मत दिएर जनताले आफ्नो पक्ष स्पष्ट गर्नैपर्छ।

अब चुप लागेर बस्ने समय सकिएको छ। आजको निर्णयले भोलिको नेपाल लेखिनेछ। देशको पहिचान, संस्कृति र स्थायित्व जोगाउने कि सधैंका लागि गुमाउने—यो छनोट अब जनताकै हातमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीप कुमार झा सर्लाही क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार
अतिक्रमण हटाउने कदम नागरिकविरुद्ध होइन : बालेन्द्र शाह
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै । तस्बिर : जनार्जन खत्री
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला