मलङ्गवामा ३०० लिटर घरेलु मदिरासहित सवारी नियन्त्रणमा  मलङ्गवा (सर्लाही)

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, श्रावण १४, २०८३
46 Views
समाचार सारांश
  •   सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलङ्गवाको टोलीले ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ।
  •   मलङ्गवा नगरपालिका वडा नं.

 

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलङ्गवाको टोलीले ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ।

 

मलङ्गवा नगरपालिका वडा नं. १२ स्थित गम्हरियाको नवलपुर-मलङ्गवा सडक खण्डमा खटिएको प्रहरी पिकेट टोलीले शंकास्पद अवस्थामा गुडिरहेको यात्रुवाहक म्याजिक गाडीलाई जाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो।

 

नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको सवारी साधनलाई रोकेर तलासी लिँदा गाडीभित्र प्लास्टिकका बाल्टी तथा ड्रमहरूमा लुकाएर ल्याउँदै गरिएको ३०० लिटर अवैध लोकल घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको मदिराको अनुमानित बजार मूल्य करिब रु. ७५,०००/- (पचहत्तर हजार) रहेको छ।

 

प्रहरीका अनुसार मदिरा र सवारी साधनलाई नियन्त्रणमा लिई स्थानीय प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको रोहवरमा मुचुल्का तयार गरी आवश्यक कानुनी कारबाहीका लागि अगाडि बढाइएको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी-पैठारी नियन्त्रणका लागि सुरक्षा उपस्थिति र चेकिङलाई थप कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही प्रहरीलाई पाँच नयाँ सवारी साधन प्राप्त, शान्ति सुरक्षामा थप सहज हुने
सिद्धबाबा सुरुङमार्गको मन्त्री लम्सालद्वारा स्थलगत अनुगमन
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
सर्लाहीमा ३५ उम्मेदवारको जमानत जफत, रास्वपाका अमरेश सिंह विजयी
सर्लाहीका रोहित र गणेश बागमती नदीमा बेपत्ता भएपछि मृत भेटिए
हुलाकी राजमार्गमा टिपर–ट्र्याक्टर ठक्कर: एक जना गम्भीर घाइते, टिपर चालक फरार
इनिशा विक हत्या प्रकरणमा न्याय माग्दै आन्दोलनको चेतावनी
लामिछानेविरुद्धका अभियोग फिर्ता गर्न महान्यायाधिवक्ताको निर्देशन
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?