गोडैता नगरपालिकाको चरम लापरबाही, जनस्वास्थ्यसँग खेलबाड!
- गोडैता, सर्लाही — नगरपालिकाभित्र फोहोर व्यवस्थापनको नाममा भइरहेको लापरबाहीप्रति स्थानीयवासीले कडा विरोध जनाएका छन्।
- बजार क्षेत्रको नाला र खोल्सामा थुप्रिएको फोहोरले वातावरण अत्यन्त प्रदूषित बनेको छ भने सर्वसाधारणको स्वास्थ्य गम्भीर जोखिममा परेको छ।
गोडैता, सर्लाही — नगरपालिकाभित्र फोहोर व्यवस्थापनको नाममा भइरहेको लापरबाहीप्रति स्थानीयवासीले कडा विरोध जनाएका छन्। बजार क्षेत्रको नाला र खोल्सामा थुप्रिएको फोहोरले वातावरण अत्यन्त प्रदूषित बनेको छ भने सर्वसाधारणको स्वास्थ्य गम्भीर जोखिममा परेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार, महिनौंसम्म फोहोर नउठाउँदा दुर्गन्धले बाँच्नै कठिन भएको छ। नालामा सडेको फोहोर, प्लास्टिक र ढल मिसिएर रोगको केन्द्र बन्दै गएको छ। बालबालिका, वृद्ध र सर्वसाधारण बिरामी पर्न थालेका छन्।
“नगरपालिका के हेरेर बसेको छ? जनताको स्वास्थ्य बिग्रँदा पनि कुनै चासो छैन,” एक आक्रोशित स्थानीयले भने।

स्थानीयले नगरप्रमुख देवेन्द्र यादव नेतृत्वप्रति असन्तुष्टि जनाउँदै फोहोर व्यवस्थापनमा पूर्ण असफल भएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, यस्तो गैरजिम्मेवार कार्यले नागरिकको जीवनमाथि खेलबाड भइरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ