भौतिक पूर्वाधार कार्यालय सर्लाहीमा नयाँ गति: प्रमुख यादवको सक्रियताले अलपत्र आयोजना अघि बढ्दै ‎

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, आषाढ १७, २०८३
34 Views
समाचार सारांश
  • ‎ ‎भौतिक पूर्वाधार विकास कार्यालय मलंगवा, सर्लाहीमा नयाँ कार्यालय प्रमुखका रूपमा संजय कुमार यादव आएपछि जिल्लाका विकास निर्माणका कामहरूले नयाँ गति लिन थालेका छन्।
  • लामो समयदेखि सुस्त र अलपत्र बनेका आयोजनाहरू प्रमुख यादवको सक्रियता र प्रशंसनीय नेतृत्वका कारण पुनः सञ्चालनमा आउन थालेका हुन्।

‎भौतिक पूर्वाधार विकास कार्यालय मलंगवा, सर्लाहीमा नयाँ कार्यालय प्रमुखका रूपमा संजय कुमार यादव आएपछि जिल्लाका विकास निर्माणका कामहरूले नयाँ गति लिन थालेका छन्। लामो समयदेखि सुस्त र अलपत्र बनेका आयोजनाहरू प्रमुख यादवको सक्रियता र प्रशंसनीय नेतृत्वका कारण पुनः सञ्चालनमा आउन थालेका हुन्।

‎जिम्मेवारी सम्हालेदेखि नै प्रमुख यादवले कार्यालय व्यवस्थापन, योजनाहरूको सघन अनुगमन र गुणस्तरीय काममा विशेष ध्यान दिँदै आएका छन्। आफैं फिल्डमा पुगेर योजनाको स्थलगत अवस्था बुझ्ने, प्राविधिक पक्षलाई मजबुत बनाउने र समयमै काम सम्पन्न गराउने उनको कार्यशैलीको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ।

‎कार्यालय प्रमुख यादवले लामो समयदेखि अलपत्र अवस्थामा रहेको मुसैली पोखरी निर्माणसम्बन्धी विवाद र समस्याको समाधान गर्दै आयोजनालाई अगाडि बढाउन विशेष पहल गरेका छन्। यस पहलसँगै विगत पाँच वर्षदेखि रोकिएको उक्त योजनाले पुनः गति लिएको छ।

‎यसका साथै वर्षौंदेखि विभिन्न प्राविधिक तथा व्यावहारिक कारणले रोकिएका अन्य बहुवर्षीय ठेक्काका आयोजनाहरूलाई समेत पुनः सञ्चालनमा ल्याई कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको कार्यालय स्रोतले जनाएको छ। ठेकेदार तथा निर्माण कम्पनीहरूसँग आवश्यक समन्वय गरी कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रयास भइरहेको छ।

‎विकास निर्माणका काम मात्र नभई कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवाप्रवाहमा समेत व्यापक सुधार आएको छ। कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई छिटोछरितो र सहज रूपमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। सेवाग्राहीका गुनासाहरूलाई तत्काल सम्बोधन गर्ने तथा झन्झटिलो प्रशासनिक प्रक्रियालाई सरल बनाउने कार्यलाई कार्यालयले प्राथमिकतामा राखेको छ।

‎कार्यालय प्रमुख यादवको सक्रियतापछि भौतिक पूर्वाधार कार्यालयको कार्यसम्पादनमा निकै सुधार आएको स्थानिय कविलासि नगरपालिका वडा ५ बस्ने राम गणेश साहले बताउदै  जनताको आवश्यकता र जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राखेर इमानदार प्रयास भइरहेको देख्दा नागरिकमा सकारात्मक विश्वास बढेको बताए ।

‎त्यस्तै पर्सा गा.पा.वडा नं. ६ निवासि गर्भु चाैधरीले विकास निर्माणलाई गति दिने र सेवाप्रवाहलाई जनमुखी बनाउने कार्यालय प्रमुख यादवको मेहनत, सक्रियता र प्रतिबद्धता प्रसंशनिय रहेकाे बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलंगवा इन्जिनियर हत्या अपटेड;
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शान्ति र कानूनको शासन कायम राख्न सरकार प्रतिबद्ध ः मन्त्री महतो
नेपाल विद्युत प्राधिकरणको सूचना : यी क्षेत्रमा केही दिन बिजुली जाने
लामिछानेविरुद्धका अभियोग फिर्ता गर्न महान्यायाधिवक्ताको निर्देशन
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
सशक्त प्रतिपक्ष बन्न ओलीको निर्देशन
रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेता निर्विरोध निर्वाचित
६३ राजनीतिक दलका ३ हजार २१३ समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक