रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेता निर्विरोध निर्वाचित

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, चैत्र १८, २०८२
35 Views
समाचार सारांश
  • काठमाडौँ, १८ चैत – नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन्।
  • बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।

काठमाडौँ, १८ चैत – नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन्। बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।

दलको नेताका लागि उम्मेदवार रहेका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावक नपाएपछि बादल निर्विरोध निर्वाचित घोषणा गरिएको थियो।

नेता चयनपछि बैठकका निर्णय सार्वजनिक गर्दै बादलले भने, “आजको बैठकले संसदीय दलको नेता सर्वसम्मतिले चयन गरेको छ। दल नेताको रूपमा मलाई चयन गरिएको छ। निकट भविष्यमा दुवै सदनका माननीय सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रम यही २१ गते गर्ने तय गरिएको छ।”

बादलले बैठकले केपी शर्मा ओली र रमेश लेखकको गैरकानुनी तथा पूर्वाग्रहपूर्ण गिरफ्तारीको विरोधमा प्रस्ताव पारित गरेको पनि जानकारी दिए। उनले भोलि हुने प्रतिनिधिसभा तथा आगामी दिनमा हुने प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरूमा आफ्ना एजेन्डा सशक्त रूपमा उठाउने संकल्प व्यक्त गरे। “हामीले घोषणापत्रमा गरेका प्रतिबद्धताहरू संसदमा उठाउनेछौं र प्रतिपक्षको भूमिका निर्वाह गर्दै सजग पहरेदारका रूपमा काम गर्नेछौं,” उनले थपे।

उम्मेदवार नेम्वाङले नेता चयन प्रक्रियाबारे प्रतिक्रिया दिँदै आफूले अपेक्षा गरेअनुसार परिणाम नआएको बताए। उनले भने, “मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य छ भन्ने खालको नतिजा आएको छ। संसद भित्र जाने बेलामा कोही पनि सत्तापक्ष, प्रतिपक्ष भनेर आफूलाई अगाडि नै सोचेर हिड्ने हो भने जनता र देशको हितमा कहिले पनि राम्रो हुँदैन। हामीले सशक्त ढंगले सरकारले गरेका राम्रा कामलाई सहयोग गर्नुपर्छ र कमीकमजोरी औंल्याउँदै रचनात्मक सल्लाह दिनुपर्छ।”

नेम्वाङले नयाँ पुस्ताले नेतृत्व पाउनुपर्नेमा जोड दिँदै दलको भविष्यमा यसले योगदान पुर्याउने विश्वास व्यक्त गरे।

प्रतिनिधिसभामा एमालेका २५ सांसद छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला