सशक्त प्रतिपक्ष बन्न ओलीको निर्देशन

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, चैत्र १२, २०८२
36 Views
समाचार सारांश
  • काठमाडौं, १२ चैत ।
  • केपी शर्मा ओली ले आफ्ना पार्टीका सांसदहरूलाई संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

काठमाडौं, १२ चैत । केपी शर्मा ओली ले आफ्ना पार्टीका सांसदहरूलाई संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएलगत्तै ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

ओलीले संसदमा प्रभावकारी र सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै सरकारले कमीकमजोरी गरेमा स्पष्ट रूपमा खबरदारी र आलोचना गर्नुपर्ने धारणा राखे। उनले विरोध तथ्य, प्रमाण र पुराना नजिरका आधारमा गर्नुपर्नेमा जोड दिए।

उनले सांसदहरूलाई अध्ययनशील भएर प्रस्तुत हुन आग्रह गर्दै गलत प्रस्तावहरूको तथ्ययुक्त ढङ्गले खण्डन गर्न सक्नुपर्ने बताए।

अध्यक्ष ओलीले निर्वाचन परिणामबाट हरेश नखान आग्रह गर्दै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्न निर्देशन दिए। उनले पार्टीले असक्षमता वा सुशासनविरुद्धका कामका कारण नभई अन्य राजनीतिक परिस्थितिका कारण यस्तो परिणाम आएको दाबी गरे।

यसैबीच उनले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै केही शक्तिहरूको सफलता अस्थायी हुन सक्ने संकेत गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही क्षेत्र नं. ४ बाट  हिंदुवादी क्रांतिकारी यूवती सन्तोषी कंडेल सनातनी समानुपातिक उम्मेदवार
सर्लाही क्षेत्र न. ३ का जसपाका उम्मेदवार जेपि यादव माथी सर्लाहिकै बागमतीमा हातपातको प्रयास, घटना के कसरी भयो ?
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
प्रयास असफल, रास्वपामा रविको स्पष्ट सन्देश
हिन्दू राष्ट्रका पक्षमा हलो चिन्हमा मतदान गर्न Gen-Z अभियन्ता वेद प्रकाश झा को आह्वान
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
निर्वाचनमा सहभागी दलहरूलाई अनुशासनमा रहन आग्रह
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
सर्लाहीमा ३५ उम्मेदवारको जमानत जफत, रास्वपाका अमरेश सिंह विजयी
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला