शान्ति र कानूनको शासन कायम राख्न सरकार प्रतिबद्ध ः मन्त्री महतो

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, श्रावण १४, २०८३
63 Views
समाचार सारांश
  • धनुषा, १४ साउन ।
  • मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण अवस्थाप्रति चासो व्यक्त गर्दै गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले शान्ति, सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न प्रदेशवासीलाई संयम अपनाउन आग्रह गर्नुभएको छ ।

धनुषा, १४ साउन । मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण अवस्थाप्रति चासो व्यक्त गर्दै गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले शान्ति, सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न प्रदेशवासीलाई संयम अपनाउन आग्रह गर्नुभएको छ ।

मन्त्री महतोले जारी गर्नुभएको सार्वजनिक अपिलमा मधेश प्रदेशको पहिचान विविध धर्म, भाषा, संस्कृति र समुदायबीचको सहअस्तित्व रहेको उल्लेख गर्दै कुनै पनि घटनालाई साम्प्रदायिक वा धार्मिक रंग दिएर समाजमा विभाजन ल्याउने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । उहाँले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अपुष्ट तथा भ्रामक सूचना फैलाउने कार्यबाट टाढा रहन पनि सबैसँग अनुरोध गर्नुभएको छ ।

प्रदेश सरकारले शान्ति सुरक्षा र कानूनको शासन कायम राख्न आवश्यक सबै संयन्त्र परिचालन गरिरहेको जनाउँदै मन्त्री महतोले हिंसा, तोडफोड, आगजनी, घृणा फैलाउने गतिविधि तथा सार्वजनिक शान्ति भंग गर्ने जो–कोहीमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।

उहाँले धार्मिक अगुवा, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम, राजनीतिक दल, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव जोगाउन आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ। समाजमा तनाव बढाउने अभिव्यक्ति, अफवाह र उक्साहटबाट टाढा रहँदै आपसी विश्वास र सहिष्णुतालाई बलियो बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
उपसभामुख निर्वाचनमा रास्वपाको राप्रपालाई समर्थन
नेपालमा विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि, जनवरीमै १५.७ प्रतिशतले उकालो
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
निफ्रा सञ्चालकबाट लीमा अधिकारीको राजीनामा, अब प्रतिनिधिसभा सदस्यमा सक्रिय हुने
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, २० औँ अधिवेशनको तयारीमा छलफल
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?