लोकतन्त्र जोगाउन निर्वाचन अपरिहार्य : प्रचण्डलाई भारतको सन्देश

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, पौष २२, २०८२
164 Views
समाचार सारांश
  • Power of Madhesh | २२ पुस, मलंगवा (सर्लाही) भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले नेपालमा लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निर्वाचन नै सबैभन्दा भरपर्दो र प्रभावकारी माध्यम भएको बताएका छन् ।
  • नयाँ दिल्लीमा आइतबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा डोभालले आगामी २१ फागुनमा तोकिएको निर्वाचनलाई समर्थन गर्दै सबै राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् ।

Power of Madhesh | २२ पुस, मलंगवा (सर्लाही)

भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले नेपालमा लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निर्वाचन नै सबैभन्दा भरपर्दो र प्रभावकारी माध्यम भएको बताएका छन् ।

नयाँ दिल्लीमा आइतबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा डोभालले आगामी २१ फागुनमा तोकिएको निर्वाचनलाई समर्थन गर्दै सबै राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् ।

भेटका क्रममा नेपालमा विकसित राजनीतिक अवस्था, स्थायित्व र लोकतान्त्रिक निरन्तरताका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । डोभालले जनताको मतमार्फत प्राप्त जनादेशले मात्र लोकतन्त्रलाई मजबुत बनाउन सक्ने धारणा राखेका थिए ।

भारतले छिमेकी मुलुक नेपालमा राजनीतिक स्थायित्व र लोकतान्त्रिक संरचनाको निरन्तरता चाहेको सन्देश पनि डोभालले प्रचण्डसमक्ष राखेको स्रोतहरूले जनाएका छन् । विद्यमान राजनीतिक जटिलता समाधानका लागि निर्वाचनबाहेक अन्य विकल्प नरहेको भारतीय पक्षको बुझाइ रहेको बताइएको छ ।

डोभालको भनाइप्रति प्रतिक्रिया दिँदै प्रचण्डले नेपालभित्र राजनीतिक दलहरू निर्वाचनको विपक्षमा नरहेको र आन्तरिक तहमा सहमतिको वातावरण रहेको जानकारी गराएका छन् । उनले लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन दलहरू तयार रहेको स्पष्ट पारेका थिए ।

दिल्ली भ्रमणअघि प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । नयाँ दिल्लीमा भएको भेटमा प्रचण्डकी छोरी गंगा दाहालसमेत सहभागी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा कांग्रेसबाट जित्ने एकमात्र उम्मेदवार बने फिरदोश आलम
हिन्दू बहुमतको देशमा हिन्दू नै असुरक्षित भन्दै अभियन्ता वेद प्रकाश झा
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
सुनको मूल्यले तोड्यो सबै रेकर्ड, तोलामा ३ लाख ९ हजार पुग्यो
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
लामिछानेद्वारा पार्टीभित्र एकता र देश केन्द्रित राजनीति आवश्यक ठहर

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?