६३ राजनीतिक दलका ३ हजार २१३ समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, माघ ५, २०८२
53 Views
समाचार सारांश
  • काठमाडौं, ४ माघ ।
  • निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।

काठमाडौं, ४ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विभिन्न राजनीतिक दलले पेश गरेका समानुपातिक उम्मेदवारहरूको सूची आज औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
सार्वजनिक विवरण अनुसार ५७ वटा निर्वाचन चिन्हअन्तर्गत ६३ राजनीतिक दलबाट जम्मा ३ हजार २१३ जना उम्मेदवारको नाम बन्दसूचीमा समावेश गरिएको छ। ती दलहरूले गत पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका थिए।
आयोगले सार्वजनिक गरेको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यतासम्बन्धी दाबी–विरोध गर्न चाहने मतदाताले माघ १० गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
दाबी–विरोध प्रक्रिया समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई गर्नुपर्ने आयोगले जनाएको छ।
यसैबीच, प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मनोनयन आगामी मंगलबार हुने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने तय भएको छ, जसअन्तर्गत समानुपातिक प्रणालीबाट ११० जना र प्रत्यक्ष प्रणालीबाट १६५ जना सांसद निर्वाचित हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो पनि पढौँ

कमजोर कूटनीतिमा चिन्ता, नयाँ रणनीतिक दृष्टिकोणको खाँचो
गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्रकाश झाको नेतृत्वमा गोडैता नगरमा ज्ञापनपत्र: १५ दिनभित्र माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी
बलिउड स्टार सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
सशक्त प्रतिपक्ष बन्न ओलीको निर्देशन
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
दक्षिण एसियाकै उत्कृष्ट सदन बनेको दाबी, अब अभ्यास र सिद्धान्तको पालो : सांसद मनिष झा
निफ्रा सञ्चालकबाट लीमा अधिकारीको राजीनामा, अब प्रतिनिधिसभा सदस्यमा सक्रिय हुने
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?