गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्रकाश झाको नेतृत्वमा गोडैता नगरमा ज्ञापनपत्र: १५ दिनभित्र माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, चैत्र २४, २०८२
221 Views
समाचार सारांश
  • गोडैता ।
  • गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्र झाको नेतृत्वमा गोडैता नगर Gen-Z संघर्ष समितिले सोमबार गोडैता नगरपालिकामा विभिन्न जनचासोका विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ।

गोडैता ।

गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्र झाको नेतृत्वमा गोडैता नगर Gen-Z संघर्ष समितिले सोमबार गोडैता नगरपालिकामा विभिन्न जनचासोका विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ। समितिले तोकिएको समयसीमाभित्र मागहरू कार्यान्वयन नगरे चरणबद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

समितिका अनुसार नगर क्षेत्रमा देखिएका सरसफाइ अभाव, स्वास्थ्य जोखिम, अव्यवस्थित पूर्वाधार, खानेपानी समस्या, सुरक्षा व्यवस्थामा कमजोरी तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा लापरवाहीजस्ता मुद्दा तत्काल समाधान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

समितिले अघि सारेका प्रमुख मागहरू:

१. नगर क्षेत्रभित्र नियमित र प्रभावकारी सरसफाइ प्रणाली कार्यान्वयन गरियोस्।
२. लामखुट्टे नियन्त्रण गरी कालाजार, मलेरिया लगायत संक्रामक रोगको जोखिम न्यूनीकरणका लागि ठोस कार्यक्रम सञ्चालन गरियोस्।
३. लक्ष्मिनिया पैनीमा ढल मिसाउने तथा अतिक्रमण गर्ने कार्य १५ दिनभित्र नियन्त्रण तथा व्यवस्थापन गरियोस्।
४. वेनी बोला उच्च माध्यमिक विद्यालय र जानकीनगर टोलमा निर्माणाधीन खानेपानी टंकी शीघ्र सम्पन्न गरी वितरण प्रणाली व्यवस्थित बनाइयोस्।
५. गोडैता बजार क्षेत्रमा जडान गरिएका CCTV क्यामेरा तथा सडक बत्ती ५ दिनभित्र सञ्चालनमा ल्याइ सुरक्षा व्यवस्था सुदृढ गरियोस्।
६. वर्षायाममा हुने हिलो तथा अव्यवस्थालाई न्यूनीकरण गर्न तरकारी बजार र कपडा बजारको स्तरोन्नति तथा पूर्वाधार विकास गरियोस्।
७. पाठशाला तथा बानिया कुट्टी मठ परिसरस्थित पोखरीमा भइरहेको प्रदूषण तथा अवैध गतिविधि ५ दिनभित्र रोक्दै संरक्षण र सौन्दर्यकरण गरियोस्।
८. नगरका सबै क्षेत्रमा प्रभावकारी मोबाइल नेटवर्क सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरियोस्।
९. वडा नं. ७ स्थित गणेश मन्दिर अगाडिको अतिक्रमित सरकारी जग्गा खाली गराई सार्वजनिक खेल मैदानको रूपमा विकास गरियोस्।
१०. नगरस्तरीय वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी बनाइयोस्।

समितिले स्पष्ट पारेको छ कि उल्लिखित मागहरू निर्धारित समयभित्र सम्बोधन नभए नागरिक सहभागितासहित चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ, जसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले वहन गर्नुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
आर्थिक विधेयकमा हेरफेर र गाडी आयातबारे अर्थमन्त्रीको सचिवालयले भन्यो : नियोजित दुष्प्रचार मात्रै
न्यायका लागि न्यायालय अगाडी धर्ना
सर्लाही क्षेत्र नम्बर ४ मधुवनी मा
पूर्वराष्ट्रपति भण्डारीद्वारा कार्की आयोग प्रतिवेदन कार्यान्वयन
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
सर्लाही प्रहरीलाई पाँच नयाँ सवारी साधन प्राप्त, शान्ति सुरक्षामा थप सहज हुने
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला