अमेरिका र नेपालबीच सांस्कृतिक सम्पत्ति संरक्षण सम्झौतामा हस्ताक्षर

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, पौष २५, २०८२
205 Views
समाचार सारांश
  • काठमाडौं ।
  • संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति संरक्षणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

काठमाडौं ।

संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति संरक्षणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि आयोजित कार्यक्रममा बोल्दै सचिव निरौलाले मानव इतिहास, पहिचान र सभ्यताको अपूरणीय प्रमाणका रूपमा रहेका सांस्कृतिक सम्पत्तिको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। उनले सांस्कृतिक वस्तुहरूको अवैध ओसारपसार रोक्न तथा चोरी वा अवैध रूपमा निर्यात गरिएका सम्पत्तिको पुनःप्राप्ति र संरक्षणमा अमेरिकी सरकारको निरन्तर सहयोगको प्रशंसा गरे।

उनका अनुसार उक्त सम्झौताले सूचना आदानप्रदान, रोकथामका उपाय, क्षमता विकास तथा जनचेतना अभिवृद्धि मार्फत वर्तमान तथा भावी पुस्ताका लागि सांस्कृतिक सम्पत्ति सुरक्षित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

यसैगरी, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सांस्कृतिक सम्पत्ति सम्झौता अमेरिकी सांस्कृतिक सम्पदा नीतिको एक महत्वपूर्ण आधारस्तम्भ भएको बताए। उनले सम्झौतासँगै नेपाल संयुक्त राज्य अमेरिकासँग यस्ता सम्झौता गर्ने विश्वका ३० देशमध्ये एक बनेको उल्लेख गरे।

राजदूत थम्पसनका अनुसार यस्ता सम्झौताले अमेरिकी सङ्कलक, संग्रहालय तथा सांस्कृतिक संस्थाहरूलाई अनजानमा लुटिएका वा तस्करी गरिएका पुरातात्त्विक तथा सांस्कृतिक वस्तु खरिद गर्नबाट जोगाउनुका साथै सांस्कृतिक सम्पत्तिको अवैध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय आपराधिक तथा आतंकवादी समूहहरूको आर्थिक स्रोत अवरुद्ध गर्न सहयोग पुर्‍याउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बदलिँदो राजनीतिक धरातलमा नयाँ ध्रुवीकरण
सोसल मिडियाको स्टण्टबाजीले जनमत भ्रमित भइरहेको छ : प्रचण्ड
प्रमुख प्रशासकीय अधिकृत नपठाइएसम्म कार्यालय नजाने मेयर यादवको घोषणा
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
गृहमन्त्री गुरुङको चेतावनी- व्यक्तिगत चरित्रहत्यालाई गृह मन्त्रालयले गम्भीर रूपमा लिने छ (भिडिओ)
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विस्तृत छलफल भएको छ।
सिरहामा गोली प्रहार गरी एक जनाको हत्या
दिपक सिंहको विशेष पहलमा गगन कुमार थापा गढीमाई दर्शनका लागि रामनगर–३ आउँदै
जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला