कृत्रिम गन्ध’ प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व घटाउने प्रयास

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, बैशाख २१, २०८३
105 Views
समाचार सारांश
  • भैरहवा (रुपन्देही) — तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण सुरु गरिएको छ।
  • बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले ‘कृत्रिम गन्ध सङ्केत’ प्रयोगमा ल्याइएको हो।

भैरहवा (रुपन्देही) — तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण सुरु गरिएको छ। बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले ‘कृत्रिम गन्ध सङ्केत’ प्रयोगमा ल्याइएको हो।

विश्व वन्यजन्तु कोष (WWF) अन्तर्गत सञ्चालन भइरहेको तराई भूपरिधि तथा संरक्षण कार्यक्रममार्फत गत वर्षदेखि सुरु गरिएको यो प्रविधिले वन्यजन्तुको प्राकृतिक व्यवहारलाई आधार मानेर ‘अदृश्य सीमा’ निर्माण गर्ने लक्ष्य लिएको कार्यक्रमका प्रबन्धक भरत भट्ट ले जानकारी दिनुभयो। उहाँका अनुसार बाघ र चितुवाले आफ्नो क्षेत्र निर्धारण गर्न गन्ध छाड्ने प्रवृत्तिलाई अनुसरण गर्दै कृत्रिम गन्ध प्रयोग गर्दा जनावरलाई आफ्नो क्षेत्रमा प्रतिस्पर्धी आएको आभास हुन्छ र उनीहरू त्यहाँबाट टाढा सर्ने गर्छन्।

“मानव बस्तीमा वन्यजन्तु प्रवेश नगरुन् भन्ने उद्देश्यले ३० वटा रणनीतिक स्थानमा क्यामेरा र विशेष प्रकारका ‘डिस्पेन्सर’ जडान गरिएको छ,” भट्टले भन्नुभयो, “यी उपकरणले निश्चित गन्ध फैलाएर जनावरलाई फर्कन बाध्य बनाउँछन्।”

प्रयोग गरिएका गन्ध मानव तथा वन्यजन्तु दुवैका लागि सुरक्षित रहेको बताइएको छ। प्रारम्भिक अध्ययनमा विभिन्न गन्धमध्ये केहीले चितुवा र बाघलाई प्रभावकारी रूपमा रोक्न सफल भएको देखिएको छ। गत वर्ष गरिएको परीक्षणमा दुई प्रकारका गन्धले चितुवालाई, दुईले बाघलाई तथा एउटाले दुवै प्रजातिलाई रोक्न सफल भएको भट्टले जानकारी दिनुभयो। हाल थप चारदेखि पाँच प्रकारका गन्धमा परीक्षण भइरहेको छ।

कार्यक्रम अधिकृत प्रतीक शाह का अनुसार यो अनुसन्धानमूलक परियोजना पाँच वर्षका लागि सञ्चालनमा ल्याइएको हो। “चितुवा र बाघलाई मानव बस्तीबाट सुरक्षित दूरीमा राख्नु नै यस अध्ययनको मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो, “यदि यो प्रविधि सफल भयो भने भविष्यमा मानव र वन्यजन्तुबीच स्थायी ‘अदृश्य सीमा’ कायम गर्न सकिन्छ।”

उहाँका अनुसार खाता करिडोर क्षेत्रका ३० स्थानमा जडान गरिएका स्वचालित क्यामेरामार्फत वन्यजन्तुको गतिविधि र उनीहरूको प्रतिक्रिया निरन्तर अनुगमन गरिँदै आएको छ। यसबाट प्राप्त तथ्याङ्कले प्रविधिको प्रभावकारिता मूल्याङ्कन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘टी’ आकारको पाइपमा एकपटक केमिकल राख्दा एक महिनासम्म गन्ध रहिरहन्छ। शाहका अनुसार यो परीक्षण सफल भएमा वन्यजन्तुबाट बस्तीमा हुने क्षति घट्ने र तारबारजस्ता संरचनामा भइरहेको लगानीसमेत कम हुने विश्वास गरिएको छ।

खाता सामुदायिक वन समन्वय समितिका प्राविधिक खगेन्द्र थापा ले स्थानीयस्तरमा यो प्रविधिले सकारात्मक सन्देश दिएको बताउनुभयो। “सन् २०१४ देखि क्यामेरा ट्रयापिङमा संलग्न रहँदै आएका छौँ,” उहाँले भन्नुभयो, “अहिले प्रयोग भइरहेका क्यामेराहरू अत्यन्त संवेदनशील छन्, जसले ३० सेकेन्डसम्मको भिडियो र सानोतिनो आवाजसमेत कैद गर्न सक्छन्।”

तराईका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा बाघ, चितुवा तथा अन्य जङ्गली जनावर बस्तीमा प्रवेश गर्ने घटना बढ्दै जाँदा मानवीय क्षति र त्राससमेत बढेको छ। यस्तो अवस्थामा वैज्ञानिक आधारमा विकसित यो प्रविधिले द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

परियोजनाका कोहलपुरस्थित कार्यक्रम सहप्रबन्धक राजन रिजाल का अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज लगायत क्षेत्रमा वन्यजन्तुको बासस्थान सुधार, सिमसार क्षेत्र निर्माण, घाँसेमैदान व्यवस्थापन तथा सौर्य ऊर्जामा आधारित पानी आपूर्ति प्रणाली जडानजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन्। साथै अवैध गतिविधि नियन्त्रणका लागि ‘स्पाइक क्यामेरा’ जडान गरेर निगरानी प्रणाली सुदृढ बनाइएको उहाँले बताउनुभयो।

निकुञ्ज प्रशासनको नेतृत्वमा सञ्चालन भइरहेका संरक्षणमुखी कार्यक्रमहरूमा डब्लुडब्लुएफ नेपालको सहकार्य जारी रहेको छ। विशेषज्ञहरूका अनुसार यदि यो प्रविधि सफल भयो भने देशका अन्य प्रभावित क्षेत्रमा समेत विस्तार गरी मानव–वन्यजन्तु सहअस्तित्वलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सकिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपामा कारबाही विवाद : पदमुक्त पत्रपछि उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यको प्रेस विज्ञप्ति सार्वजनिक
यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला
धर्म निरपेक्षता खारेजी र हिन्दू राष्ट्र घोषणाको माग गर्दै प्रदर्शन
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन सर्लाहीको अपिल
नेविसंघमा पहिलो छात्रा अध्यक्ष, महाधिवेशन नै चुनौती
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल