बालेन साह प्रभाव जमाउन नसक्ने ओलीको टिप्पणी

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, माघ १८, २०८२
102 Views
समाचार सारांश
  • काठमाडौँ, १७ माघ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर नभएको दाबी गर्दै देश निर्माणको नेतृत्व गर्ने सामर्थ्य आफ्नै पार्टीसँग रहेको बताएका छन्।
  • ओखलढुंगामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीति स्थायित्व र अराजकताबीचको निर्णायक मोडमा पुगेको उल्लेख गरे।

काठमाडौँ, १७ माघ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर नभएको दाबी गर्दै देश निर्माणको नेतृत्व गर्ने सामर्थ्य आफ्नै पार्टीसँग रहेको बताएका छन्। ओखलढुंगामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीति स्थायित्व र अराजकताबीचको निर्णायक मोडमा पुगेको उल्लेख गरे।

ओलीका अनुसार अहिलेको राजनीतिक प्रतिस्पर्धा देशलाई विकास र समृद्धितर्फ लैजाने कि अव्यवस्थाको दिशामा धकेल्ने भन्ने सवालसँग जोडिएको छ। विधिको शासन, स्थिरता र अनुशासन कायम गर्ने शक्ति एमाले नै भएको उनको भनाइ थियो।

उनले ओखलढुंगामा एमाले उम्मेदवार अस्मिता थापाको पराजयलाई सामान्य हारका रूपमा लिन नहुने बताउँदै कुनै पनि क्षेत्रमा पराजय स्वीकार्य नहुने स्पष्ट पारे। सबै तहका कार्यकर्तालाई एकताबद्ध भएर चुनावी मैदानमा सक्रिय हुन उनले निर्देशन दिएका छन्।

त्यसैक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहतर्फ संकेत गर्दै प्रतिस्पर्धी शक्ति प्रभावशाली बन्न नसक्ने दाबी गरे। रास्वपामा स्पष्ट संगठनात्मक संरचना, नीति, कार्यक्रम र दीर्घकालीन उद्देश्यको अभाव रहेको टिप्पणी गर्दै उनले त्यसले राजनीतिक प्रभाव विस्तार गर्न नसक्ने संकेत गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
सुर्खेतमा १६ वर्षीया इनिशा विक बलात्कारपछि हत्या, प्रहरीले निष्कर्ष सार्वजनिक
पूर्वराष्ट्रपति भण्डारीद्वारा कार्की आयोग प्रतिवेदन कार्यान्वयन
सशक्त प्रतिपक्ष बन्न ओलीको निर्देशन
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
इनिशा बिकको बलात्कारपछि हत्या प्रकरण : न्यायको माग गर्दै सर्लाहीमा प्रदर्शन
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला