राप्रपामा कारबाही विवाद : पदमुक्त पत्रपछि उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यको प्रेस विज्ञप्ति सार्वजनिक

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, फाल्गुन ३०, २०८२
12 Views
समाचार सारांश
  • काठमाडौँ —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्ला दिनमा आन्तरिक विवाद सतहमा आएको छ।
  • पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन को हस्ताक्षर भएको भनिएको पत्रमार्फत राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य लाई कारबाही गर्दै पदमुक्त गरिएको सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे बहस सुरु भएको हो।

काठमाडौँ —
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्ला दिनमा आन्तरिक विवाद सतहमा आएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन को हस्ताक्षर भएको भनिएको पत्रमार्फत राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य लाई कारबाही गर्दै पदमुक्त गरिएको सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे बहस सुरु भएको हो।

उक्त पत्र सार्वजनिक भएको केही समयपछि राजभण्डारी र आचार्यको संयुक्त हस्ताक्षरमा अर्को प्रेस विज्ञप्ति समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ। उक्त विज्ञप्तिमा आफूहरूलाई प्राकृतिक न्यायको सिद्धान्तअनुसार स्पष्टीकरणको अवसरसमेत नदिई कारबाही गरिएको दाबी गरिएको छ।

प्रेस विज्ञप्तिमा पार्टीको विधानअनुसार अध्यक्षले एकल रूपमा यस्तो निर्णय गर्ने अधिकार नरहेको उल्लेख गर्दै कथित कारबाही विधानसम्मत नभएको दाबी गरिएको छ। उनीहरूले केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अधिकार क्षेत्रभित्र पर्ने विषयमा प्रक्रिया नअपनाई गरिएको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

विज्ञप्तिमा पार्टीको हालैको निर्वाचन परिणाम र संगठनभित्र देखिएका समस्याबारे समेत नेतृत्वको ध्यानाकर्षण गराइएको छ। साथै नेतृत्वले विधान, संगठनात्मक प्रक्रिया र आन्तरिक लोकतन्त्रको सम्मान गर्नुपर्ने उनीहरूको भनाइ छ।

यस घटनापछि राप्रपाभित्र नेतृत्व र केही नेताहरूबीच मतभेद चुलिएको संकेत देखिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका यी पत्रहरूले पार्टीका शुभेच्छुक, कार्यकर्ता तथा आमसर्वसाधारणबीच चासो र अन्योलता बढाएको छ।

यद्यपि, उक्त कारबाहीबारे पार्टीको आधिकारिक धारणा तथा विधानको कुन धाराअन्तर्गत निर्णय गरिएको हो भन्ने विषयमा पार्टी नेतृत्वले औपचारिक स्पष्टिकरण भने हालसम्म सार्वजनिक गरेको छैन।

राजनीतिक वृत्तमा भने यस विषयमा सम्बन्धित पक्षले यथाशीघ्र स्पष्ट जानकारी सार्वजनिक गरी उत्पन्न अन्योलता अन्त्य गर्नुपर्ने आवाज उठ्न थालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
बालेन साह प्रभाव जमाउन नसक्ने ओलीको टिप्पणी
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
प्रतिनिधिसभा निर्वाचन : २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक मत पनि पाएनन्
सर्लाहीमा आमाको नामबाट अंगीकृत नागरिकता वितरण’
ओली पक्राउको विरोधमा माइतीघरमा एमालेको प्रदर्शन, क्षेत्र तनावग्रस्त
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
एकल अभियानअन्तर्गत गोडैता नगरपालिका–३ मा कार्यक्रम सम्पन्न

तपाईंले छुटाउनुभयो कि?