नेविसंघमा पहिलो छात्रा अध्यक्ष, महाधिवेशन नै चुनौती

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, जेठ १८, २०८३
2 Views
समाचार सारांश
  • काठमाडौं ।
  • स्थापनाको ५६ वर्षपछि नेपाल विद्यार्थी संघले पहिलो छात्रा नेतृत्व प्राप्त गरेको छ ।

काठमाडौं । स्थापनाको ५६ वर्षपछि नेपाल विद्यार्थी संघले पहिलो छात्रा नेतृत्व प्राप्त गरेको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृसंस्थाको रूपमा रहेको नेविसंघको प्रथम महिला अध्यक्षको जिम्मेवारी धनकुटाकी करुणा कटुवालले प्राप्त गरेकी छिन् ।

कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेस विधानको दफा ४२ को १ बमोजिम करुणालाई नेविसंघ अध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि समयमै महाधिवेशन गराउन नसकेर म्याद गुज्रिएपछि कांग्रेसले नेविसंघसहितका भ्रातृ संस्थाहरुको म्याद नथप्ने निर्णय गरेको थियो ।

सभापति थापाले महाधिवेशन गराउनेसहित ११ बुँदे कार्यादेशसहित जिम्मेवारी सुम्पिएका हुन् ।

५६ वर्षमा पहिलो महिला नेतृत्व

नेपाल विद्यार्थी संघको स्थापना वि.सं.२०२७ साल वैशाख ६ गते भएको थियो । सिन्धुलीका विपिन कोइराला नेविसंघको संस्थापक अध्यक्ष हुन् । विपिनपछि शेरबहादुर देउवा नेविसंघको अध्यक्ष बनेका थिए । नेविसंघको पृष्ठभूमिबाट आएका अधिकांश नेताहरू कांग्रेसको राजनीतिमा निर्णायक तहसम्म पुगेको पृष्ठभूमि छ । करुणाभन्दा अगाडि २० जना नेविसंघको अध्यक्ष बनिसकेका छन् ।

विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण, नैनसिंह महर, राजीव ढुंगाना र दुजाङ शेर्पा यसअघि नेविसंघको अध्यक्ष बनिसकेका छन् ।

स्थापनाकालदेखि नै पञ्चायतविरुद्ध नेविसंघले आन्दोलन गरेको थियो । नेविसंघले विद्यार्थीलाई राजनीतिमा संगठित गर्ने र शैक्षिक एवं राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । राजनीतिक एवं शैक्षिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको विगत भए पनि पछिल्लो समय पार्टी राजनीतिको प्रत्यक्ष मारमा नेविसंघ पर्दै आइहरेको थियो ।

कांग्रेसको आन्तरिक गुटगत राजनीतिको प्रभावका कारण नेविसंघको भूमिका कमजोर हुँदै गएको थियो । नियमित महाधिवेशन गर्न सधैँ सकस पर्ने नेविसंघमा सभापति थापाले महाधिवेशनसमेत गर्ने जिम्मेवारी कटुवाललाई दिएका छन् ।

अध्यक्षको टुंगो लागे पनि नेविसंघको केन्द्रीय समितिको आकार र संरचना टुंगो लाग्न बाँकी नै छ । पार्टी नेतृत्वले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गरेरै छाड्ने करुणाको आत्मविश्वास छ ।

‘नेविसंघजस्तो गौरवशाली संगठनको प्रथम छात्रा अध्यक्ष हुनु मेरो लागि ऐतिहासिक अवसर हो । यो अवसरलाई सदुपयोग गरेर विद्यार्थी आन्दोलन र नेविसंघलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छु ’, अध्यक्ष बनेपछि करणाले नेपाल प्रेससँग भनिन् । उनले देशभरका सबै नेविसंघ ईकाईलाई सक्रिय बनाएर तोकिएको समयमै नेविसंघको महाधिवेशन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

विद्यार्थी आन्दोलनका यी महिला हस्ती

२०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रले संसदीय शासन भंग गर्दै पञ्चायती शासन सुरु गरे । प्रजातन्त्रवादी धेरै नेताहरू जेलमै रहेको बखत २०१७ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आयोजित समारोहमै पुगेर नेपाली छात्राहरुले राजालाई कालो रिबन र झण्डा प्रदर्शन गरेका थिए ।

शैलजा आचार्य र नोना कोइरालाको नेतृत्वमा भएको यस अभियानमा दजनौं छात्राहरू सहभागी थिए । उनीहरूले गिरफ्तारी, मुद्दा र जेल सजायसमेत व्यहोर्नुपरेको थियो । विद्यार्थी आन्दोलनका संघर्षमा निरन्तर सक्रिय भए पनि नेतृत्वमा स्थापित हुन छात्राहरूलाई सधैँ सकस परिरह्यो ।

प्रमुख विद्यार्थी संगठनहरुको इतिहास हेर्दा नेतृत्वमा पुग्ने अवसर रामकुमारी झाँक्रीले पाएको देखिन्छ । २०६५ मा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उन्नाइसौँ महाधिवेशनबाट झाँक्री सो संगठनको अध्यक्ष चुनिएकी थिइन् । अनेरास्ववियुमै २०७२ सालको बाइसौँ महाधिवेशनबाट नवीना लामा अध्यक्ष बन्न सफल भइन् । २०७८ मा अनेरास्ववियुकै अध्यक्षमा सुनिता बराल चयन भएकी थिइन् ।

नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले २०७८ सालमा पहिलो महिला अध्यक्ष पायो । पञ्चा सिंह सो संगठनको पहिलो महिला अध्यक्ष बनेकी थिइन् । नेपालको राजनीतिमा हालसम्म सक्रिय अधिकांश नेतृहरूको पृष्ठभूमि विद्यार्थी राजनीतिसँग जोडिएको पाइन्छ ।

महाधिवेशन नै करुणाको मुख्य चुनौती

नेविसंघमा बितेको १० वर्षमा एउटा मात्रै महाधिवेशन भएको छ । स्थापनाको ५६ वर्ष पूरा गरे पनि हालसम्म ११ वटा मात्रै महाधिवेशन हुनसकेको छ ।

पछिल्लोपटक २०७३ मा रञ्जित कर्ण अध्यक्ष रहेको समितिले महाधिवेशन गराउन सफल भएको थियो । त्यसयता नैनसिंह महर, राजीव ढुंगाना र दुजाङ शेर्पा नेतृत्वको नेविसंघले महाधिवेशन गराउन सकेनन् । विशेष महाधिवेशनका कारण कांग्रेसभित्रको तिक्तता बढ्दो छ ।

कांग्रेस विभाजनको खतरा अझै टरिसकेको छैन । यस्तो बेला नेविसंघमा सबै पक्षलाई समेटेर विधिवत् महाधिवेशन गराउनु नै करुणाको मुख्य चुनौती रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी बैंकको पुन: निर्माणको यात्रा
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
कांग्रेसमा परिवर्तन आएको छ, पार्टी फुटेको जस्तो लागेन : सुजाता कोइराला
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
पूर्व सहमति अनुसार चिनी उद्योगले जलेको उखु नकिनेपछि सिडिओसहितको अनुगमन सर्लाही/मधेश प्रदेश
पूर्व सहमति अनुसार चिनी उद्योगले जलेको उखु नकिनेपछि सिडिओसहितको अनुगमन सर्लाही/मधेश प्रदेश
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?