चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, चैत्र ११, २०८१
63 Views
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
समाचार सारांश
  • रत्ननगर, चैत ११ ।
  • वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय महाअभियान महासंघले चैत १७ गते काठमाण्डौमा आयोजना गरेको आन्दोलनमा चितवनका शिवशिखर सहकारी पीडितहरुले पनि सहभागिता जनाउने भएका छन् ।

रत्ननगर, चैत ११ । वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय महाअभियान महासंघले चैत १७ गते काठमाण्डौमा आयोजना गरेको आन्दोलनमा चितवनका शिवशिखर सहकारी पीडितहरुले पनि सहभागिता जनाउने भएका छन् । शिवशिखर बहुउद्देश्यीय संस्था लिमिटेड संघर्ष समिति टाँडीले सोमबार पत्रकार सम्मेलनको आयोजन गरेर काठमाण्डौमा हुने आन्दोलनमा सहभागी हुने जानकारी दिंदै सम्पूर्ण शिवशिखर पिडितलाई सहभागी हुन अपिल समेत गरेको छ ।

चितवनमा संघर्ष समिति गठन गरेर रकम फिर्ताका लागि प्रयास गरेका पीडितहरुले विभिन्न चरणमा संघर्षको कार्यक्रम गर्दै आइरहेको समितिका अध्यक्ष सुरेसजंग पाण्डेले जानकारी दिए । उनले लामो समयसम्म पनि रकम फिर्ता हुन नसकेका कारण सडक संघर्षमा उत्रनु परेको भन्दै पिडितहरुलाई काठमाण्डौको हुने सडक संघर्ष कार्यक्रममा सहभागि हुन आग्रह गरे ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य अनिलकृष्ण श्रेष्ठले सहकारीले बचतकर्ताको रकम फिर्ता नगर्दा र सहकारी संचालन गरेको स्थान खाली नगर्दा समस्या भएको बताए । रत्ननगरको सौराहाचोकमा रहेको श्रेष्ठकै जग्गाम शिवशिखरले मार्ट, बचत र रेष्टुरेन्ट संचालन गर्दै आएको थियो र सहकारी समस्याग्रस्त घोषणा भएपछि त्यो ठाँउ खाली हुन सकेको छैन् । ठाउँ खाली हुन नसकेको कारण त्यहाँ रहेको सामान सुरक्षा गर्न चुनौती थपिएको उनले बताए ।

चितवनमा २०७७ साल कार्तिकमा शाखा कार्यालय सञ्चालन भएको सो सहकारी २०७९ माघ महिनामा बन्द भएको थियो । शेयर सदस्य र बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि कार्यालय बन्द गरी सञ्चालक फरार भएका थिए । रत्ननगरस्थित शाखा कार्यालयमा ४ हजार ८०० शेयर सदस्य तथा बचतकर्ताहरुबाट सो सहकारीले २४ करोड तीन लाख २७ हजार रूपैयाँ संकलन गरेको छ । त्यसैगरी, भरतपुर शाखामा ८ हजार ६४ शेयर सदस्य तथा बचतकर्ताहरुबाट ६४ करोड रूपैयाँ बचत संकलन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?