समानुपातिकतर्फ २ करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, माघ १५, २०८२
98 Views
समाचार सारांश
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढिरहेको छ।
  • निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ प्रयोग हुने मतपत्रको छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ प्रयोग हुने मतपत्रको छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु गरिएको छ।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा भइरहेको छपाइ कार्य नेपाली सेनाको कडा सुरक्षा घेराभित्र सञ्चालन भइरहेको आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ भइसकेको छ।

आयोगले फागुन ५ गतेभित्र सबै मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याइसक्ने लक्ष्य राखेको छ। मतदान अधिकृतहरूले कानुनअनुसार मतदान हुने दिनमात्रै सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था गरिएको छ। मतपत्र ढुवानी पनि उच्च सुरक्षा सतर्कताका साथ गरिने आयोगको भनाइ छ।

यस्तै, प्रत्यक्षतर्फको मतपत्र छपाइ १५ दिनभित्र सम्पन्न हुने अनुमान गरिएको छ। प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेको छ भने समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते सार्वजनिक गर्ने कार्यतालिका रहेको आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
राप्रपामा कारबाही विवाद : पदमुक्त पत्रपछि उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यको प्रेस विज्ञप्ति सार्वजनिक
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित शिवमन्दिर चोकमा आयोजित श्री श्री १०८
बालेन साह प्रभाव जमाउन नसक्ने ओलीको टिप्पणी
बुधबारका लागि विदेशी मुद्राको विनिमय
बुधबारका लागि विदेशी मुद्राको विनिमय
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
चार प्रदेशमा वर्षाको सम्भावना
चार प्रदेशमा वर्षाको सम्भावना

तपाईंले छुटाउनुभयो कि?