नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जसपा (थापा मगर समूह) बीच एकता सहमति

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, पौष २९, २०८२
128 Views
समाचार सारांश
  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लिम्बुवान क्रान्तिकारी पार्टी र जनता समाजवादी पार्टी नेपाल (जसपा) को एक समूहसँग पार्टी एकता तथा समायोजनसम्बन्धी महत्वपूर्ण सहमति गरेको छ।
  • विभिन्न राजनीतिक धारका शक्तिहरूलाई एकै मोर्चामा ल्याउने उद्देश्यसहित गरिएको यो सहमतिलाई समकालीन राजनीतिमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लिम्बुवान क्रान्तिकारी पार्टी र जनता समाजवादी पार्टी नेपाल (जसपा) को एक समूहसँग पार्टी एकता तथा समायोजनसम्बन्धी महत्वपूर्ण सहमति गरेको छ। विभिन्न राजनीतिक धारका शक्तिहरूलाई एकै मोर्चामा ल्याउने उद्देश्यसहित गरिएको यो सहमतिलाई समकालीन राजनीतिमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।
मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीसँग भएको सहमतिअनुसार लिम्बुवान पहिचानसम्बन्धी विषयलाई नेकपाको आन्तरिक जनवादी अभ्यासअन्तर्गत खुला छलफल र बहसमार्फत निष्कर्षमा पुर्‍याइनेछ। साथै, लिम्बुवान क्रान्तिकारी पार्टीका केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै संरचनालाई सम्मानजनक रूपमा नेकपामा समायोजन गरिने सहमति भएको छ।
उक्त सहमति पत्रमा लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष लिम्बू ‘हेल्लोक’ तथा नेकपाका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन्।
यसैक्रममा, जसपा नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल थापा मगरको नेतृत्वमा रहेको समूहसँग पनि नेकपाले पार्टी एकीकरणसम्बन्धी सहमति टुंग्याएको छ। सहमतिअनुसार मुलुकको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षण गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र स्थापना गर्ने लक्ष्यमा संयुक्त संघर्ष जारी राखिने उल्लेख छ।
सहमति पत्रमा संघीय शासन प्रणालीको सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, तथा वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य गर्दै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। शिवलाल थापा मगर नेतृत्वको समूहका केन्द्रीयदेखि पालिकास्तरका नेता–कार्यकर्ताहरूलाई आपसी समझदारीका आधारमा नेकपामा समायोजन गरिने निर्णय पनि गरिएको छ।
समायोजन कार्यक्रममा बोल्दै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति जनविश्वास पुनः मजबुत बन्दै गएको दाबी गरे। गुठी आन्दोलन, सहकारी पीडितहरूको संघर्ष तथा सुकुम्बासी र खोला किनारमा बसोबास गर्ने नागरिकका मुद्दासँग लामो समयदेखि जोडिएका व्यक्तिहरू नेकपामा आबद्ध हुन थालेको उल्लेख गर्दै उनले यसले देशभर नयाँ राजनीतिक ऊर्जा सिर्जना गरेको बताए।
“जब अन्य ठूला दलहरू आन्तरिक विभाजनमा अल्झिरहेका छन्, नेकपा भने एकताको माध्यमबाट राष्ट्रिय शक्तिहरूलाई जोड्दै समाजवादी आन्दोलनलाई व्यवस्थित ढंगले अघि बढाइरहेको छ,” दाहालले भने, “आगामी निर्वाचनसम्म आइपुग्दा नेकपा फरक हैसियत र बलियो आधारसहित जनतामाझ उभिनेछ भन्ने विश्वास छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४३ जिल्लामा सेनामार्फत निर्वाचन सामग्री ढुवानी
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
सुदूरपश्चिम कांग्रेसको असन्तुष्ट पक्षभित्रै असन्तुष्टि, दिनभर मन्त्री छान्न सकस
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
अभियोगमा प्रमाण नपुग्दा केपी शर्मा ओली रिहा, सरकारमाथि प्रतिशोधको आरोप
World Educare Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न, विजेताहरू घोषणा
पशुपतिनाथमा हर्क साम्पाङको श्रमदान, मन–तन–वातावरण सरसफाइमा जोड
इनिशा विक हत्या प्रकरणमा न्याय माग्दै आन्दोलनको चेतावनी
बालेन साह प्रभाव जमाउन नसक्ने ओलीको टिप्पणी
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला