वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, बैशाख ३, २०८२
55 Views
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
समाचार सारांश
  • सञ्जय चौधरी, रत्ननगर, वैशाख ३ ।
  • पर्यटकीय नगरी सौराहा नजिक रहेको जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा बुधवार चरा अबलोकन गरिएको छ ।

सञ्जय चौधरी, रत्ननगर, वैशाख ३ । पर्यटकीय नगरी सौराहा नजिक रहेको जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा बुधवार चरा अबलोकन गरिएको छ ।

चितवनमा जारी ३०औं वन्यजन्तु सप्ताह अन्तर्गत चराको अवस्था पत्ता लगाउन र सामुदायिक वनको पहिचानको लागि चरा अबलोकन गरिएको हो ।

जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज उपभोक्ता समिति, वर्ड एजुकेशन सोसाइटी चितवन सौराहा र नेचर गाइड एशोसियसन सौराहाको सहकार्यमा चरा अबलोकन गरिएको छ ।

चरा संरक्षणकर्मी र नेचर गाइडहरुले सो सामुदायिक वनमा उपकरणको प्रयोग गरी चराको अबस्था हेर्नुका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातीको बारेका जानकारी समेत गराएका थिए ।

सो सामुदायिक वन चराको बासस्थानको हिसाबले अब्बल मानिदै आएको छ । चितवनमा रहेका ६५५ प्रजाती मध्ये ५० प्रतिशत प्रजाती सो सामुदायिक वनमा रहेको वरिष्ठ पंक्षीबिद टिका गिरीले जानकारी दिए ।

चरा लगायत दुर्लभ वन्यजन्तुको राम्रो बासस्थान हुँदाहुँदै पनि सो सामुदायिक वनलाई सौराहाको पर्यटनसंग जोड्न सकिएको छैन् ।

सौराहाको निकटका रहेका अन्य बाघमारा, चित्रसेन, कुमरोज सामुदायिक वनले पर्यापर्यटनबाटै बार्षिक दूई करोड रुपैँया आम्दानी गर्दै आएका छन् ।

ओझेलमा रहेको जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासको लागि दवाव र्सिजना गर्न वन्यजन्तु सप्ताहको अबसरमा पारेर चरा अबलोकन कार्यक्रम राखिएको पंक्षीबिद गिरीको भनाईछ ।

चरा अबलोकन सुरु हुनुपूर्व जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सह सचिव फडिन्द्र चौधरीले सो कार्यको उद्घाटन गरेका थिए ।

सो अबसरमा बोल्दै उनले सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएको बताए । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आर्कषित गर्ने गतिविधि आवश्यक रहेको उनको भनाई छ ।

उनले जनकौली वनमा पर्यटकलाई डुंगा सयर गराईरहेको बताए । अन्य देशहरुबाट आउने चराहरुले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेको उनको भनाई छ ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले वन्यजन्तु सप्ताह प्रति सौराहाका व्यवासयी उदासीन रहेको बताए ।

“वन्यजन्तु देखाएर व्यवसाय गरिरहेका व्यवसायीहरु नै सप्ताहमा उपस्थित भएनन्” उनले भने, “संरक्षणकर्मीले जोगाइदिएर व्यवसाय चल्ने भनेर सोच्ने मुर्खता मात्र हो ।”

बैशाख ४ गते बुढीराप्ती खोला सरसफाई र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।

यसैगरी, सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधवारै “बुझौं बन्यजन्तुको आनीबानी, घटाऔं मानवसंगको द्वन्द र हानीनोक्सानी” विषयक अन्तरक्रिया कार्यक्रम गरिएकोछ ।

रत्ननगर नगरपालिका १, ४, ५, ६, ७, ८, ९ वडा कार्यालय र मृगकुञ्ज उपभोक्ता समितिको आयोजनामा नगर सभाहल, सौराहामा अन्तरक्रिया गरिएको हो ।

रत्ननगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सजना महतोको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा रत्ननगर वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा रत्ननगर वडा नं. १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटा, ६ का वडा अध्यक्ष किरण महतो, ९ का वडा अध्यक्ष अनन्त अधिकारी, संरक्षण अधिकृत एंव चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख सन्त वहादुर मगर, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, ६ का वडा सदस्य बिरेन्द्र चौधरी लगाएतले मन्तव्य राखेका थिए ।

मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल बार एसोसिएसनले जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति जनाएको छ
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
ओली पक्राउको विरोधमा माइतीघरमा एमालेको प्रदर्शन, क्षेत्र तनावग्रस्त
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
गाई खानेलाई बहिष्कार गरौँ’—सर्लाही–४ बाट प्रदीप झाको स्पष्ट आह्वान
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
जबरजस्ती करणी मुद्दाका फरार आरोपी कर्ण बहादुर मल्ल पक्राउ
सर्लाहीमा मतदान अधिकृतको ड्युटीकै क्रममा मृत्यु
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?