नेप्सेमा शुक्रबार पनि कारोबार हुने, आइतबार बन्द रहने नयाँ तालिका लागू

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, चैत्र २३, २०८२
28 Views
समाचार सारांश
  • २३ चैत, काठमाडौं ।
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ।

२३ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो।

आइतबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सबै सरकारी कार्यालय बन्द रहने व्यवस्था लागू भएपछि नेप्सेले लगानीकर्ताको हित र बजारको सक्रियता कायम राख्न नयाँ तालिका लागू गरेको जनाएको छ। नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन कारोबार सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब आइतबार शेयर बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार सञ्चालन हुनेछ।

यसअघि पनि सरकारले २०७९ सालमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो। पछि आइतबारको बिदा हटेपछि नेप्से पुरानै तालिकामा फर्किएको थियो।

अब नयाँ तालिकाअनुसार शनिबार र आइतबार बजार बन्द रहनेछ भने अन्य दिन नियमित कारोबार सञ्चालन हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक
दक्षिण एसियाकै उत्कृष्ट सदन बनेको दाबी, अब अभ्यास र सिद्धान्तको पालो : सांसद मनिष झा
जनकपुरधाममा ‘सम्पदा यात्रा’ आयोजना, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल
बलरा–६ मिर्जापुरमा भीषण आगलागी, पशुचौपाया र २० क्विन्टल धान जलेर नष्ट
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
चार प्रदेशमा वर्षाको सम्भावना
चार प्रदेशमा वर्षाको सम्भावना

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?