सर्लाहीमा प्रत्यक्षतर्फ १९ हजार मत बदर
- मलंगवा, २६ फागुन – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर भएको छ ।
- जिल्लाको चारवटा निर्वाचन क्षेत्रमा १९ हजार ६१० मत बदर भएको हो ।

मलंगवा, २६ फागुन – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर भएको छ ।
जिल्लाको चारवटा निर्वाचन क्षेत्रमा १९ हजार ६१० मत बदर भएको हो । सबैभन्दा धेरै क्षेत्र नं. २ मा पाँच हजार ४०८ मत बदर भएको छ ।
दोस्रो धेरै बदर मत क्षेत्र नं. १ मा रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा पाँच हजार ३६५ मत बदर भएको छ ।
क्षेत्र नं. ३ मा भने अन्य क्षेत्रको तुलानामा कम मत बदर भएको छ । यस क्षेत्रमा चार हजार २४८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नं. ४ मा चार हजार ५६९ मत बदर भएको छ । बदर मतको सङ्ख्या घटाउन जिल्ला निर्वाचन कार्यालय सर्लाहीले स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि १९ हजार बढी मत बदर भएको हो ।
उम्मेदवार र उम्मेदवारका प्रतिनिधि आफैसमेत घरघरमै गएर मतदान गर्ने तरिका सिकाएका थिए । त्यसको बाबजुद पनि १९ हजार बढी मत बदर हुन पुगेको हो ।
मतगणनामा बसेका कर्मचारीका अनुसार मत बदर भएकामध्ये अधिकांशले एउटा भन्दा बढी चुनाव चिन्हमा मतदान गरेको र दुईवटा चुनाव चिन्हमा छुने गरी मतदान गरेको पाइएको छ ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ