सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै । तस्बिर : जनार्जन खत्री

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, आषाढ १८, २०८३
5 Views
समाचार सारांश
  • युवक पक्राउ       सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै ।
  • तस्बिर : जनार्जन खत   सर्लाही, असार १८ गते।

युवक पक्राउ

 

 

 

सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै । तस्बिर : जनार्जन खत

 

सर्लाही, असार १८ गते। सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ।

 

असार ७ गते मानपुरका ५३ वर्षीय होसनारायण राय यादवको घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीले सोही हत्याको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी हत्या आरोपी सन्तोषलाई सार्वजनिक गरेको हो ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार असार ६ गते मोबाइलको निहुँमा आरोपी सन्तोषको आफ्नै बुवा श्यामबाबु रायसँग झगडा भएको थियो । बुवा श्यामबाबु र भिनाजु रामविलास रायसँग बारम्बार पैसा माग्दा पनि नदिएपछि सन्तोष आक्रोशित बनेका थिए । सोही कारण आफ्नो घरमा बारम्बार आइरहने छिमेकी होसनारायणको हत्या गरेमा बुवा र भिनाजु स्वतः फस्ने योजना बनाई सन्तोषले सो घटना घटाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । खराब आचरणका कारण सन्तोषलाई परिवारले यसअघि सुधार केन्द्रमा समेत राखिसकेको एसपी पौडेलले बताउनुभयो ।

 

प्रहरीका अनुसार सन्तोषले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्न जाँदा र हत्यापछि फरार हुँदा उनले चोरीको ना. ४५ प. २६८५ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । होसनारायणको हत्यापछि सन्तोषले उक्त मोटरसाइकल लालबन्दी नगरपालिका–२, नवलपुर क्षेत्रमा छाडेर फरार भएका थिए । असार ८ गतेदेखि बेवारिसे अवस्थामा रहेको सो मोटरसाइकलबारे प्रहरीलाई असार १४ गते मात्र जानकारी प्राप्त भएको थियो ।

 

प्रहरीले असार १६ गते बरहथवा नगरपालिका–७, बरहथवा बजार नजिकबाट सन्तोषलाई पक्राउ गरेपछि उनले मोटरसाइकल नवलपुरमा छाडेको स्वीकार गरेका थिए । घटनास्थल नजिकैको एक पसलमा जडान गरिएको सिसी टिभी क्यामेराको फुटेज र प्राविधिक सहायताका आधारमा प्रहरीले सन्तोषलाई पक्राउ गर्न सफल भएको हो ।

 

हत्यापछि सन्तोषले खेतमा फ्याँकेको हँसिया प्रहरीले बरहथवा नगरपालिका–१३ बाट बरामद गरेको छ । सन्तोषमाथि कर्तव्य ज्यान र चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बरहथवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
विज्ञान: वरदान होइन, मानव सभ्यताका लागि अभिशाप!
हिन्दू बहुमतको देशमा हिन्दू नै असुरक्षित भन्दै अभियन्ता वेद प्रकाश झा
कांग्रेसमा परिवर्तन आएको छ, पार्टी फुटेको जस्तो लागेन : सुजाता कोइराला
एमाले : क्षेत्र नं. २ र ४ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस
खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित शिवमन्दिर चोकमा आयोजित श्री श्री १०८
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला