जनता समाजवादी पार्टी, नेपालले सार्वजनिक गर्‍यो चुनावी घोषणा–पत्र

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, फाल्गुन १, २०८२
47 Views
समाचार सारांश
  • १ फागुन, काठमाडौं ।
  • जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।

१ फागुन, काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । ‘सङ्घर्षसँगै समृद्धितर्फ’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको घोषणा–पत्रमा पार्टीले संघीयता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ ।

पार्टीले विगतका राजनीतिक आन्दोलन, दशवर्षे सशस्त्र विद्रोह, जनआन्दोलन तथा मधेश जनविद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । साथै, संविधानका त्रुटि सच्याउँदै संघीय पुनर्संरचना प्रभावकारी बनाउने, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने र समावेशी लोकतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

घोषणा–पत्रमा वर्तमान राजनीतिक अवस्थाप्रति असन्तोष व्यक्त गर्दै अस्थिर गठबन्धन राजनीति, सिद्धान्तहीनता र बढ्दो भ्रष्टाचारका कारण जनविश्वास कमजोर बनेको आरोप लगाइएको छ । आर्थिक क्षेत्रमा सार्वजनिक ऋण वृद्धि, रेमिट्यान्समा निर्भरता, घरेलु उत्पादनमा गिरावट तथा बढ्दो युवा बेरोजगारीलाई गम्भीर चुनौतीका रूपमा औंल्याइएको छ ।

जसपा, नेपालले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने, न्याय प्रणालीलाई सुलभ र प्रभावकारी बनाउने तथा युवालाई देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । सामाजिक सुरक्षासहितको लोककल्याणकारी राज्य स्थापना, सहभागितामूलक लोकतन्त्र सुदृढीकरण र सुशासनमार्फत आर्थिक–सामाजिक न्यायसहितको समतामूलक समृद्धि हासिल गर्ने लक्ष्य पनि अघि सारिएको छ ।

पार्टीले राष्ट्रिय तथा जातीय पहिचानसहितको संघीयता संस्थागत गर्दै समाजवादी अर्थ–राजनीतिक कार्यदिशा लागू गर्ने जनाएको छ । साथै, समानुपातिक निर्वाचन प्रणालीलाई थप बलियो बनाउँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू, पिछडावर्गलगायत सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

जसपा, नेपालले आफ्नो चुनाव चिन्ह ‘छाता’ मा मतदान गर्न मतदातासमक्ष आह्वान गर्दै समावेशी विकास र दिगो समृद्धिको दिशामा देशलाई अघि बढाउने दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
हरिपुर्वामा हिन्दु जागरण अभियान १६ बुँदे मागसहित हजारौं हिन्दूहरुको उत्साहजनक सहभागीता
चार प्रदेशमा वर्षाको सम्भावना
चार प्रदेशमा वर्षाको सम्भावना
मलंगवा नगरपालिकाको १५औँ नगर सभा विभिन्न प्रस्ताव पारित गर्दै
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
सर्लाही क्षेत्र न. ३ का जसपाका उम्मेदवार जेपि यादव माथी सर्लाहिकै बागमतीमा हातपातको प्रयास, घटना के कसरी भयो ?
फागुन १५ गते देखि २५ सम्म विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने’
जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
इनिशा बिकको बलात्कारपछि हत्या प्रकरण : न्यायको माग गर्दै सर्लाहीमा प्रदर्शन
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला