बझाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा धामी निर्वाचित

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, जेठ २४, २०८३
10 Views
समाचार सारांश
  • बझाङ ।
  • बझाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन्द्रबहादुर धामी निर्वाचित भएका छन् ।

बझाङ । बझाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन्द्रबहादुर धामी निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न छैटौं अधिवेशनबाट धामी नयाँ कार्यसमितिको अध्यक्षमा चुनिएका हुन् ।

अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि अध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो । अध्यक्षका लागि प्रविन्द्रबहादुर धामी र जोगबहादुर दौल्याल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

कुल २२ मत खसेकाे निर्वाचनमा धामीले १४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी दौल्यालले ८ मत मात्रै पाए । धामी ६ मतको अन्तरले विजयी भएका हुन् ।

अध्यक्षबाहेकका अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा हर्कबहादुर दौल्याल, सचिवमा सुरेन्द्रबहादुर सिंह र कोषाध्यक्षमा उमा पुरी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा केन्द्रबहादुर विष्ट, विकास राय, लोकेन्द्रबहादुर कठायत, विनोद रावल, जयराज धामी, जनकबहादुर धामी, लोकेन्द्रकुमार दौल्याल, पुष्कर दौल्याल, देउपाल जप्रेल, हंशबहादुर धामी र लोकपाल दौल्याल निर्वाचित भएका छन् ।

नवनिर्वाचित १५ सदस्यीय कार्यसमितिले बझाङमा क्रिकेट खेलको विकास र प्रवर्द्धनका लागि आगामी दिनमा विशेष योजनासहित काम गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला