ट्राफिक सप्ताह २०८२ समीक्षा तथा समापन समारोह सम्पन्न
- मलंगवा, सर्लाही ।
- जिल्ला प्रहरी कार्यालय सर्लाही तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आयोजनामा ट्राफिक सप्ताह २०८२ अन्तर्गत समीक्षा तथा समापन समारोह मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको मिटिङ हलमा सम्पन्न भएको छ।

मलंगवा, सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाही तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आयोजनामा ट्राफिक सप्ताह २०८२ अन्तर्गत समीक्षा तथा समापन समारोह मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको मिटिङ हलमा सम्पन्न भएको छ।
कार्यक्रममा ट्राफिक नियमको पालना, सडक अनुशासन कायम गर्ने उपाय तथा सवारी दुर्घटना न्यूनीकरणका विषयमा समीक्षा गरिएको थियो। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरोकारवाला निकाय, यातायात व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रहरी अधिकारीहरूले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पालना गर्न नागरिकलाई आग्रह गरेका थिए। ट्राफिक सप्ताहभर सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रम, चेकजाँच अभियान तथा दुर्घटना न्यूनीकरणका प्रयासहरूको समेत समीक्षा गरिएको थियो।
सहभागीहरूले ट्राफिक व्यवस्थापनमा देखिएका चुनौती, सडक सुरक्षासम्बन्धी समस्या तथा समाधानका उपायबारे सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रमले सुरक्षित, व्यवस्थित र अनुशासित यातायात प्रणाली निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
“सडक अनुशासन कायम गरौं, सवारी दुर्घटना न्यूनीकरण गरौं” भन्ने नारासहित सम्पन्न उक्त कार्यक्रमले ट्राफिक सचेतना अभिवृद्धि तथा नागरिक–प्रहरी सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ