राजनीतिक गतिविधि बढेपछि मधेसमा हाई अलर्ट, प्रहरीको कडा निगरानी

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, चैत्र १४, २०८२
44 Views
समाचार सारांश
  • POWER OF MADHESH | १४ चैत्र जनकपुर ।
  • देशमा विकसित राजनीतिक गतिविधिलाई मध्यनजर गर्दै मधेस प्रदेशमा उच्च सतर्कता अपनाइएको छ।

POWER OF MADHESH | १४ चैत्र

जनकपुर । देशमा विकसित राजनीतिक गतिविधिलाई मध्यनजर गर्दै मधेस प्रदेशमा उच्च सतर्कता अपनाइएको छ। नेपाल प्रहरी मुख्यालयको निर्देशनअनुसार मधेस प्रहरीलाई हाई अलर्टमा बस्न सर्कुलर जारी गरिएको हो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सुरक्षा चुनौती बढ्न सक्ने आकलनसहित यस्तो निर्देशन आएको जनाइएको छ।

शनिबार बिहानदेखि नै हाई अलर्टमा रहन निर्देशन प्राप्त भएको मधेस प्रदेश प्रहरी कार्यालय ले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलिया का अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत औपचारिक रूपमा सर्कुलर जारी भएको हो।

डिआइजी थपलियाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै मधेस प्रहरी र मातहतका सबै युनिटलाई उच्च सतर्कतामा राखिएको छ। “आजदेखि सबै राजनीतिक गतिविधिबारे सूक्ष्म रूपमा सूचना संकलन सुरु गरेका छौँ,” उनले भने, “आठवटै जिल्लाका प्रहरी प्रमुखसँग समन्वय गर्दै आवश्यक ठाउँमा प्रहरी परिचालन भइरहेको छ।”

उनका अनुसार हाई अलर्टसँगै कडा निगरानी बढाइएको छ भने जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको छ।

करिब सात महिना अघि भएको भदौको घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा ओली र लेखक पक्राउ परेपछि मधेस क्षेत्रमा पनि आन्दोलन र प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको हो।

मधेस प्रदेशमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरी ८ जिल्ला रहेका छन्। ती सबै जिल्लामा प्रहरी परिचालन सुदृढ पारिएको र १० हजारभन्दा बढी प्रहरी जनशक्ति तयारी अवस्थामा राखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला