प्राङ्क भिडियोको नाममा हैरानी दिँदै साम्प्रदायिक घृणा फैलाउने कार्यमा संलग्न ३ जना पक्राउ
- काठमाडौं ।
- प्राङ्क (Prank) भिडियो बनाउने नाममा Delivery boy लाई हैरानी तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी साम्प्रदायिक घृणा फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं । प्राङ्क (Prank) भिडियो बनाउने नाममा Delivery boy लाई
हैरानी
तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी साम्प्रदायिक घृणा फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार पक्राउ परेकाहरूले प्राङ्क भिडियोको बहानामा सर्वसाधारणलाई लक्षित गरी डर, त्रास र मानसिक हैरानी सिर्जना गर्ने तथा सामाजिक सञ्जालमार्फत साम्प्रदायिक भावना भड्काउने सामग्री उत्पादन र प्रसारण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, सामाजिक सञ्जाललाई जिम्मेवारीपूर्वक प्रयोग गर्न र सामाजिक सद्भाव तथा सार्वजनिक शान्तिमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरेको छ।
प्रहरीले यस्ता गतिविधिले सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले कानुनविपरीत कार्य गर्ने जो–कोहीमाथि क
डा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ