ओली पक्राउको विरोधमा माइतीघरमा एमालेको प्रदर्शन, क्षेत्र तनावग्रस्त
- POWER OF MADHESH | १४ चैत्र काठमाडौँ ।
- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा एमाले कार्यकर्ताले राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन्।

POWER OF MADHESH | १४ चैत्र
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा एमाले कार्यकर्ताले राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन्।
पक्राउको विरोधमा एमालेका जनवर्गीय संगठनहरूले एकीकृत रूपमा माइतीघर मण्डला मा प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ।
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन सुरु गरिएको भन्दै आज बिहान मात्रै अध्यक्ष ओलीलाई प्रहरीले निवासबाट पक्राउ गरेको बताइएको छ।
पक्राउपछि ओलीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल मा राखिएको जनाइएको छ।
प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ