मित्रश्री विद्यालयलाई डाइनामिक कप स्केटिङ उपाधि

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, फाल्गुन ३०, २०८२
26 Views
समाचार सारांश
  • भक्तपुर ।
  • भक्तपुरकोगुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा शनिबार सम्पन्न प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पीड च्याम्पियन  सिप मा मित्रश्री विद्यालयले उपाधि जितेको छ।

भक्तपुर ।
भक्तपुरकोगुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा शनिबार सम्पन्न प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पीड च्याम्पियन  सिप मा मित्रश्री विद्यालयले उपाधि जितेको छ। प्रतिस्पर्धामा जनप्रेमी विद्यालय दोस्रो र शिवर्ड विद्यालय तेस्रो स्थानमा रहे।

जुनियर तथा सिनियर विधामा आयोजना गरिएको प्रतियोगितामा तीन विद्यालयका करिब २५० खेलाडीले सहभागिता जनाएका थिए। ३ सय मिटर दूरीका महिला र पुरुषतर्फ ६–६ खेल समावेश गरिएको थियो।

प्रतियोगितामा ६–८, ८–१०, १०–१२, १२–१४, १४–१६ र १६–१८ वर्ष उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने ३६ खेलाडीले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्दै मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिता डाइनामिक स्केट क्लब भक्तपुर र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव टंकलाल घिसिङले स्केटिङ खेल नेपालमा दिनदिनै लोकप्रिय बन्दै गएको बताए। उनले उचित प्रशिक्षण र अवसर पाएमा नेपाली खेलाडीहरूले भविष्यमा ओलम्पिकसम्म पुग्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै खेलको विकासमा विद्यार्थी र अभिभावकले विशेष ध्यान दिनुपर्ने बताए

क्लबका अध्यक्ष रोजन भासिमाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक दिलिपराज बराल, संघका अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा, सल्लाहकार सौनक भट्ट, स्केटका ब्रान्ड एम्बास्डर सञ्जु श्रेष्ठ, रोलर हक्की टोलीका व्यवस्थापक सावी डिसी तथा काठमाडौं वर्ल्ड स्कुलका वरिष्ठ निर्देशक डा. विद्या अधिकारी लगायतले विजेता खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जागिरे मानसिकताबाट उद्यमशीलता तर्फ: अबका युवा ‘रोजगारी खोज्ने होइन, दिने’ बन्नुपर्छ – वेद प्रकाश झा
राप्रपामा कारबाही विवाद : पदमुक्त पत्रपछि उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यको प्रेस विज्ञप्ति सार्वजनिक
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
सहकारी बैंकको पुन: निर्माणको यात्रा
गृहमन्त्री गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने पहल
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
उपसभामुख निर्वाचनमा रास्वपाको राप्रपालाई समर्थन
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला