नका लागि द्विपक्षीय संयन्त्र बनाएका छौँ । सबै सम्बन्धित भारत र नेपालबीच जे जति द्विपक्षीय मामिला छन्, यसमा कुनै तेस्रो पक्षको भूमिका छैन ।’

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, जेठ १९, २०८३
1 Views
समाचार सारांश
  • जेष्ठ १९, २०८३ काठमाडौँ — भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमासम्बन्धी विवादमा तेस्रो पक्ष(मुलुक) को कुनै भूमिका नरहेको बताएको छ ।
  • मंगलबार नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले नेपाल र भारतबीचको सीमा विवाद हलको प्रयास भइरहेको बताएका हुन् ।

India says: No third party role in Nepal-India border dispute

काठमाडौँ —

भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमासम्बन्धी विवादमा तेस्रो पक्ष(मुलुक) को कुनै भूमिका नरहेको बताएको छ । मंगलबार नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले नेपाल र भारतबीचको सीमा विवाद हलको प्रयास भइरहेको बताएका हुन् ।

प्रवक्ता जयसवालले भने, ‘सीमासम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र बनाएका छौँ । सबै सम्बन्धित  भारत र नेपालबीच जे जति द्विपक्षीय मामिला छन्, यसमा कुनै तेस्रो पक्षको भूमिका छैन ।’

प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा सीमा विवादबारे दिएको अभिव्यक्तिबारे भारतीय पत्रकाहरूले सोधेको प्रश्नको उत्तरमा प्रवक्ता जयसवालले तेस्रो पक्षको भूमिका नकारेका हुन् । प्रधानमन्त्री शाहले लिपुलेक सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका थिए ।

‘हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्य अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरी इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हमाम्रो मान्यता हो । यो सबै कुराहरू टेबल टक, डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु ।’

त्यति मात्र होइन, प्रधानमन्त्री शाहले दुवै देशले एक अर्काको भूमि मिचेको समेत बताएका थिए ।   प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा भनेका थिए,  ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत-नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको बताए ।

नेपाल र भारतबीचको ९८ प्रतिशत सीमा निर्धारण भइसकेको दाबी गर्दै उनले भने, ‘केही भागमा केही समस्या छ । त्यसलाई हल गर्न बाँकी नै छ । गण्डक(नारायणी) नदीको धार परिवर्तन भएकाले यो स्थिति उत्पन्न भएको हो । यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमापार अतिक्रमण र नो म्यान्स ल्यान्डमा अतिक्रमणका विषय पनि छ । जुन संयुक्त रूपमा नक्सांकनको काम भई नै रहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?