२०८४ को स्थानीय निर्वाचनका लागि गोडैता नगर प्रमुखमा दीपेन्द्र सराफ भावी उम्मेदवार
- सर्लाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपेन्द्र सराफ २०८४ सालमा हुने स्थानीय तह निर्वाचनका लागि गोडैता नगरपालिकाको नगर प्रमुख पदका भावी उम्मेदवारका रूपमा अघि देखिएका छन्।
- स्थानीय स्तरमा सक्रियता बढाउँदै आएका सराफले परिवर्तनको एजेन्डासहित चुनावी तयारी थालेको संकेत दिएका छन्।

सर्लाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपेन्द्र सराफ २०८४ सालमा हुने स्थानीय तह निर्वाचनका लागि गोडैता नगरपालिकाको नगर प्रमुख पदका भावी उम्मेदवारका रूपमा अघि देखिएका छन्। स्थानीय स्तरमा सक्रियता बढाउँदै आएका सराफले परिवर्तनको एजेन्डासहित चुनावी तयारी थालेको संकेत दिएका छन्।
सराफले गोडैता नगरपालिकामा सुशासन, पारदर्शिता र विकासको अभाव रहेको उल्लेख गर्दै अब जनताले नयाँ र जवाफदेही नेतृत्व चाहेको बताएका छन्। पुराना दल र नेतृत्वप्रति बढ्दो असन्तुष्टिले आफूलाई जिम्मेवारी लिन प्रेरित गरेको उनको भनाइ छ।
राप्रपाले अघि सारेको राष्ट्रवाद, सुशासन र भ्रष्टाचारविरोधी नीति स्थानीय तहमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सराफले २०८४ को निर्वाचन गोढैताका लागि निर्णायक हुने दाबी गरेका छन्।
स्थानीय राजनीतिक वृत्तमा उनलाई भावी नगर प्रमुखका सम्भावित उम्मेदवारका रूपमा चर्चा हुन थालेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ