हिन्दू राष्ट्र नेपाल” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
- सर्लाही, माघ ८ हिन्दू सम्राट सेना नेपालको आयोजनामा सर्लाहीको रामनगर गाउँपालिका सिसौटस्थित माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
- “हिन्दू राष्ट्र नेपाल” विषयमा आयोजना गरिएको प्रतियोगितामा रामनगर गा.

सर्लाही, माघ ८
हिन्दू सम्राट सेना नेपालको आयोजनामा सर्लाहीको रामनगर गाउँपालिका सिसौटस्थित माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
“हिन्दू राष्ट्र नेपाल” विषयमा आयोजना गरिएको प्रतियोगितामा रामनगर गा.पा भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। वक्ताहरूले राष्ट्रियता, संस्कृति, धर्म र वैचारिक विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रिय, सांस्कृतिक तथा वैचारिक चेतनाको विकास गर्न सहयोग पुर्याउने आयोजकले जनाएको छ।
हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा यादवले विद्यार्थीहरूको बौद्धिक क्षमता, आत्मविश्वास र अभिव्यक्ति कलाको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका छन् ।
कार्यक्रममा शिक्षक,विद्यार्थी र स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ