डिजिटल रूपान्तरणका परियोजना : ऋण, अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, जेठ ७, २०८३
18 Views
समाचार सारांश
  • फाइल तस्बिर : डिजिटल रूपान्तरणका लागि एडीबीसँगको सम्झौता ।
  • काठमाडौँ — नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंकसँग ‘नेपाल डिजिटल ट्रान्सफरमेसन परियोजना’ का लागि करिब १३ अर्ब रुपैयाँ (९० मिलियन डलर) को ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।

Digital transformation projects: In the vortex of loans, grants, and structural ambiguity

फाइल तस्बिर : डिजिटल रूपान्तरणका लागि एडीबीसँगको सम्झौता ।

काठमाडौँ — नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंकसँग ‘नेपाल डिजिटल ट्रान्सफरमेसन परियोजना’ का लागि करिब १३ अर्ब रुपैयाँ (९० मिलियन डलर) को ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको ५ वर्षभित्र ७० लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय ६ घण्टाबाट २ घण्टामा झार्ने वाचा गरेको छ ।

तर, यस्तो वाचा नेपालका लागि नयाँ होइन । यसअघि डिजिटल नेपाल एक्सलरेसन परियोजना (डीएनए) र डिजिटल नेपाल प्रोजेक्ट (डीएनपी) जस्ता पहलहरू कुनै प्रगति हासिल नगरी खारेज भएका थिए । डीएनए परियोजनाको १७ अर्ब रुपैयाँ सरकारले विश्व बैंकलाई नै फिर्ता गर्नुपरेको थियो तर त्यसको जिम्मेवारी कसैले सार्वजनिक रूपमा लिएन ।

अहिले डीएनएलाई नै नाम र कार्यक्रमहरू परिमार्जन गरेर नयाँ ऋण स्वीकार गरिँदा सदनदेखि सामाजिक सञ्जालमा प्रश्न उठेका छन्: यसपटक साच्चै के फरक छन् त ? पुरानो ऋण किन फिर्ता गरियो ? वा, अघिल्लो परियोजना असफल हुनुको कारणबारे समीक्षा भयो कि भएन ? राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले यो ऋण नेपाल सरकारले माग गरेको हो कि दातृ निकायले नै प्रस्ताव गरेको हो भन्दै संसद्मा प्रश्न उठाएकी छन् । ‘कुन संसदीय समिति, कुन नीतिगत बहस र कुन आवश्यकता प्राथमिकीकरण मूल्यांकनका आधारमा यति ठूलो आकारको ऋण लिने निर्णय गरियो ?’ उनको प्रश्न छ ।

डिजिटल रूपान्तरण परियोजनाका लागि सरकारले विश्व बैंकबाट ५ करोड र एसियाली विकास बैंकबाट ४ करोड अमेरिकी डलर ऋण लिने सम्झौता गरेको हो । सहुलियतपूर्ण ऋण भएकाले सुरुको ८ वर्षसम्म १.० प्रतिशत र बाँकी अवधि वार्षिक १.५ प्रतिशत ब्याज भुक्तानी गर्नुपर्ने, कर्जा तिरिसक्नुपर्ने अवधि ३२ वर्ष अर्थात् विसं २११४ पुससम्म रहेको एडीबीले जनाएको छ । विश्व बैङ्कले पनि ५ वर्ष ग्रेस पिरियडसहित २० वर्षको अवधिका लागि १.५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने सहमति गरेको छ । यो नयाँ परियोजनाले आधारभूत डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई) बनाउने मुख्य लक्ष्य राखेको छ । अघिल्लो डीएनए परियोजनामा कनेक्टिभिटी वा डिजिटल फाउन्डेसन विस्तार र डिजिटल साक्षरता कार्यक्रमलाई विशेष जोड दिन खोजिएको थियो, तर असफल भयो ।

अहिले केही शब्द, प्रक्रिया परिवर्तन र क्षेत्र विस्तार गरी सोही प्रकृतिको कार्यक्रमका लागि दातृ निकायसँग ऋण सम्झौता गरिएको छ । विगतमा असफल भएका त्यस्ता परियोजनाको समीक्षा र त्यसका आधारमा सुधार गरी नयाँ कार्यक्रमहरूको कार्यान्वयनमा जान विज्ञहरूको सुझाव छ ।डीएनए परियोजनाको असफलताले नेपालको प्रशासनिक अकर्मण्यता र सरकारी निकायहरूबीचको खिचातानी छर्लङ्ङ पार्ने विज्ञहरू औंल्याउँछन् । ‘एउटा मन्त्रालयले अर्कोलाई दोषी देखाउने, अन्तर–निकाय समन्वय नहुने र सरोकारवालाहरूलाई सहभागी नगराउने प्रवृत्तिले त्यो परियोजना थला परेको थियो,’ डिजिटल अर्थतन्त्रका विज्ञ विवेक राणा भन्छन्, ‘डीएनए परियोजनाका विषयमा विभिन्न प्रदेशबाट आएका राजनीतिक माग र दबाबले पनि सरकार अलमलमा पर्यो ।’ उनका अनुसार कुनै पनि बैंकले आफैं ऋण दिँदैनन्, माग भएपछि मात्र दिने हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रको सपना पूरा हुन अझै धेरै बाँकी छ : पद्मा अर्याल
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
संविधान सभा सदस्य केदारनन्दन चौधरी र जसपा नेता मनिष मिश्र कांग्रेसमा प्रवेश
मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न जिल्ला प्रशासनको कडाइ
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला