गगन थापा सर्लाही आउनु मधेसको सौभाग्य, अब कांग्रेसले दुईतिहाइ सिट जित्छ: महेन्द्र यादव (भिडिओ वार्ता)

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, माघ १९, २०८२
125 Views
समाचार सारांश
  • गगन थापा सर्लाही आउनु मधेसको सौभाग्य, अब कांग्रेसले दुईतिहाइ सिट जित्छ: महेन्द्र यादव (भिडिओ वार्ता नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव ४७ वर्षको राजनीतिक जीवनमा एकपटक पनि जनताबाट निर्वाचित हुन सकेका छैनन्।
  • २०३५ सालमा कांग्रेसबाट राजनीति थालेका यादव समानुपातिक सांसद मात्र होइन, मन्त्रीसमेत बने तर जननिर्वाचित हुने सपना अहिलेसम्म अधुरै छ।

गगन थापा सर्लाही आउनु मधेसको सौभाग्य, अब कांग्रेसले दुईतिहाइ सिट जित्छ: महेन्द्र यादव (भिडिओ वार्ता

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव ४७ वर्षको राजनीतिक जीवनमा एकपटक पनि जनताबाट निर्वाचित हुन सकेका छैनन्। २०३५ सालमा कांग्रेसबाट राजनीति थालेका यादव समानुपातिक सांसद मात्र होइन, मन्त्रीसमेत बने तर जननिर्वाचित हुने सपना अहिलेसम्म अधुरै छ।

पार्टी राजनीतिमा सफलताको सिँढी चढिरहेका यादवले १ वर्ष बन्दी र ३ महिना भूमिगत जीवन बिताएका थिए। उनी कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै नेपाल तरुण दलबाट कांग्रेसमा स्थापित नेता हुन्। नेपाल तरुण दलको केन्द्रीय सदस्य, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएका यादव पार्टीको १२औँ र १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए। १४औँ महाधिवेशनबाट उनी सहमहामन्त्री बन्न सफल भएका थिए।

२०६४ र २०७० सालमा भएका संविधान सभा निर्वाचनमा समानुपातिक सांसद भएका उनी खानेपानी मन्त्रीसमेत बने। पछिल्लो समय पार्टीमा नियमति महाधिवेशनका खरो पक्षधर महेन्द्र यादव विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि टिकट गुम्ने डरमा थिए। तर सभापति थापाले धनुषा ४ को टिकट थमाएपछि उनी ‘यूटर्न’ भएको देखिन्छ। पार्टीमा विशेष महाधिवेशन पक्षधरको मन जित्न महेन्द्र सभापति थापाको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

पार्टीले सम्भावित प्रधानमन्त्रीको उम्मेदवार बनाएका सभापति थापा सर्लाही-४ मा चुनाव लड्नु मधेसकै सौभाग्य भएको नेपालखबरको इलेक्सन एक्सप्रेस टोलीसँगको संवादमा यादवले बताए। कांग्रेस सभापति थापालाई मधेसले सबैभन्दा बढी विश्वास गरेको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०८२ फागुन ४ गते सोमबार पत्रकार झाले अस्पतालका बिरामीलाई
सिंहदरबारमा शपथसँगै रौनक, नवनिर्वाचित सांसदहरूको आगमन बाक्लियो
पर्साका प्रदेश सांसद रहबर अन्सारीद्वारा माओवादी परित्याग
कृत्रिम गन्ध’ प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व घटाउने प्रयास
प्राङ्क भिडियोको नाममा हैरानी दिँदै साम्प्रदायिक घृणा फैलाउने कार्यमा संलग्न ३ जना पक्राउ
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
राप्रपामा कारबाही विवाद : पदमुक्त पत्रपछि उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यको प्रेस विज्ञप्ति सार्वजनिक
राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न जिल्ला प्रशासनको कडाइ
सर्लाहीको बसबरियाका होसनारायण राय यादवको हत्या आरोपमा पक्राउ परेका सन्तोषकुमार रायलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै । तस्बिर : जनार्जन खत्री
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला