आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, बैशाख ९, २०८२
107 Views
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
समाचार सारांश
  • आज २०८२ साल वैशाख ९ गते मंगलबार।
  • वैशाख कृष्ण पक्षको नवमी तिथि।

आज २०८२ साल वैशाख ९ गते मंगलबार। वैशाख कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अप्रिल २२ तारिख। विश्व पृथ्वी दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आजको दिन उत्साहपूर्ण बन्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : मिहिनेत गरेमा सफलता प्राप्त हुने दिन छ। तपाईंको कामले समाजमा प्रतिष्ठा बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। आज ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। मान्यजनबाट सम्मान प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीको अवसर आए हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। यात्रा रमाइलो बन्नेछ। तपाईंका गल्ती खोज्ने व्यक्ति सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्ने हुन्छ। कमाउने भन्दा जोगाउने दिन भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

सिंह : संघर्षबाट काम बन्नेछ। संकटमा साथीले साथ मिल्नेछ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीले आर्थिक क्षेत्रमा उत्साह थप्नेछ।

कन्या : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। सामाजिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ

तुला : दिन सामान्य छ। विवेकपूर्ण निर्णय गर्नुपर्ने छ। तपाईंको महत्त्वपूर्ण निर्णयले समाजमा सम्मान प्राप्त हुनेछ। परिवारलाई वेवास्था गरेमा खटपटी हुनेछ। तपाईंले गरेको लगानीको उचित मूल्यांकन हुनेछ।

वृश्चिक : मिहिनेत गर्नुपर्ने दिन छ। परीक्षा लेख्नुपर्ने भए पढाइलाई थप समय छुट्याउनु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। श्रमको मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। आफ्नो बोलीको प्रभावले राम्रो काम बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा समस्या आइपर्न सक्छ। स्वदेशको भन्दा विदेशको लगानीबाट नाफा हुनेछ।

मकर : तपाईंका लागि आजको दिन धेरै राम्रो छ। अचानक धन आर्जन हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। मिहिनेत गरेको क्षेत्रबाट मिठो फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। हरेक क्षेत्रमा मिहिनेत र प्रयास गर्नु आवश्यक देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा सबै काम सफल बन्नेछ। विदेश जाने योजना भए यात्रा सहज बन्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा सहभागी दलहरूलाई अनुशासनमा रहन आग्रह
अमेरिका र नेपालबीच सांस्कृतिक सम्पत्ति संरक्षण सम्झौतामा हस्ताक्षर
World Educare Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न, विजेताहरू घोषणा
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासनको आग्रह
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
सर्लाही क्षेत्र नं. ४ बाट  हिंदुवादी क्रांतिकारी यूवती सन्तोषी कंडेल सनातनी समानुपातिक उम्मेदवार
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
जागिरे मानसिकताबाट उद्यमशीलता तर्फ: अबका युवा ‘रोजगारी खोज्ने होइन, दिने’ बन्नुपर्छ – वेद प्रकाश झा
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
मंगलबारका विदेशी मुद्राको विनिमय दर
मंगलबारका विदेशी मुद्राको विनिमय दर
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला