सिंहदरबारमा शपथसँगै रौनक, नवनिर्वाचित सांसदहरूको आगमन बाक्लियो

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, चैत्र १२, २०८२
42 Views
समाचार सारांश
  • काठमाडौं, १२ चैत ।
  • प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रमसँगै सिंहदरबार परिसरमा चहलपहल बढेको छ।

काठमाडौं, १२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रमसँगै सिंहदरबार परिसरमा चहलपहल बढेको छ।

निर्माणाधीन संसद् भवनस्थित बहुउद्देश्यीय हलमा अपराह्न २ बजेका लागि तय गरिएको शपथ समारोहमा सहभागी हुन सांसदहरू निर्धारित समयभन्दा अगावै उपस्थित हुन थालेका छन्। सचिवालयले सदस्यहरूलाई कम्तीमा दुई घण्टा अघि नै उपस्थित हुन अनुरोध गरेको थियो।

शपथ कार्यक्रममा नवनिर्वाचित सांसदसँगै उनका आफन्त र शुभेच्छुकहरूको बाक्लो उपस्थितिका कारण हिजोसम्म शान्त देखिएको सिंहदरबार आज निकै रौनकमय बनेको छ।

यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसी ले बुधबार रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरेका थिए। आज भने उनले नै अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।

सांसदहरूले नेपालीसँगै मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू र थारू लगायत विभिन्न भाषामा शपथ लिने जानकारी दिएका छन्। तीमध्ये १७ जना सांसदले मैथिली भाषामा शपथ लिने तयारी गरेका छन्।

शपथ ग्रहणपछि सांसदहरूलाई संसद् प्रतीक चिह्न, नेपालको संविधान, नियमावली तथा सेवा–सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शपथ तथा प्रारम्भिक बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।

निर्वाचनपश्चात् संसदीय दलका कार्यालयहरू पनि नयाँ सांसद संख्याअनुसार पुनः व्यवस्थापन गरिएको छ। हाल राष्ट्रिय स्वतन्त्र पार्टी का १८२, नेपाली कांग्रेस का ३८, नेकपा (एमाले) का २५, नेकपा का १७, श्रम संस्कृति पार्टी का ७, राष्ट्रिय प्रजातन्त्र पार्टी का ५ र १ स्वतन्त्र सांसद निर्वाचित भएका छन्।

निर्माणाधीन नयाँ संसद् भवनमा प्रत्येक सांसदका लागि अलग ‘चेम्बर’ व्यवस्था गरिने पनि जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जागिरे मानसिकताबाट उद्यमशीलता तर्फ: अबका युवा ‘रोजगारी खोज्ने होइन, दिने’ बन्नुपर्छ – वेद प्रकाश झा
फागुन १५ गते देखि २५ सम्म विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने’
रेशमलाई दीर्घकालीन र रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा मन्त्री परियारको जोड
जमिनमुनी गाडिएको मोटरसाइकल फेला, महोत्तरीमा रहस्यमय घटना
सिरहामा गोली प्रहार गरी एक जनाको हत्या
कांग्रेस कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार
प्रतिनिधिसभा निर्वाचन : २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक मत पनि पाएनन्
नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जसपा (थापा मगर समूह) बीच एकता सहमति
किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सम्पन्न
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला