जबरजस्ती करणी मुद्दाका फरार आरोपी कर्ण बहादुर मल्ल पक्राउ

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, चैत्र १४, २०८२
30 Views
समाचार सारांश
  • POWER OF MADHESH | १४ चैत्र, काठमाडौं ।
  • जबरजस्ती करणी मुद्दामा फरार रहेका कर्ण बहादुर मल्ल पक्राउ परेका छन्।

POWER OF MADHESH | १४ चैत्र,

काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार रहेका कर्ण बहादुर मल्ल पक्राउ परेका छन्।

प्रहरी वृत्त सातदोबाटोमा २०८२ फागुन ५ गते उक्त मुद्दा दर्ता भई अनुसन्धान भइरहेको अवस्थामा फरार रहेका मल्ललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला मुगु, सोरु गाउँपालिका–१० धैनकोट स्थायी घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्र ले जानकारी दिनुभयो।

प्रहरीका अनुसार उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको छ।

उक्त घटनासँग सम्बन्धित पीडित केही दिनदेखि काठमाडौंको माइतीघर मण्डला मा आमरण अनशनमा बस्दै आएकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?