आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तिकरण अधुरो हुन्छ : मन्त्री श्रेष्ठ
- काठमाडौं, १८ माघ ।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको बताएकी छन्।

काठमाडौं, १८ माघ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको बताएकी छन्। महिलालाई आर्थिक रूपमा सक्षम नबनाएसम्म सशक्तिकरणका प्रयास केवल नारामा सीमित हुने उनको भनाइ छ।
मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका विषयमा व्यापक चर्चा भए पनि त्यसको व्यवहारिक कार्यान्वयन कमजोर रहेको उल्लेख गरिन्। “जब महिलाले आफ्नै आय आर्जन गर्न सक्ने अवस्था सिर्जना हुँदैन, तबसम्म सशक्तिकरणको कुरा प्रभावकारी हुँदैन,” उनले बताइन्।
मन्त्री श्रेष्ठले नेपाललाई निर्वाचन केन्द्रित मुलुकको रूपमा चित्रण गर्दै जनसंख्यामा महिलाको हिस्सा ५१ प्रतिशत भए पनि मतदान प्रक्रियामा उनीहरूको सहभागिता अपेक्षित स्तरमा नपुगेको उल्लेख गरिन्। उनका अनुसार देशभर महिलाको मतदान सहभागिता करिब २५ देखि २८ प्रतिशतमा सीमित छ, जबकि मधेस प्रदेशमा यो दर अझै न्यून रहेको छ।
उनले लोकतन्त्र मजबुत बनाउन महिलाको सक्रिय भूमिका अपरिहार्य रहेको भन्दै सबै दिदीबहिनीलाई निर्वाचनमा सहभागिता जनाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन्। महिलाको आर्थिक, सामाजिक र राजनीतिक सहभागिता सँगसँगै बढे मात्र सशक्त समाज निर्माण सम्भव हुने मन्त्री श्रेष्ठको भनाइ थियो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ